arrow

विद्यालयको बार्षिकोत्सवमा ४५ जनाले गरे रक्तदान

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ पुष ५ शनिबार
blood-donation-janakpur.gif

धनुषा। जनकपुरधामस्थित मोनाष्टिक आवासीय माध्यमिक विद्यालयले आफ्नो ३४औं वार्षिकोत्सवको उपलक्ष्यमा गरेको खुल्ला रक्तदानमा ४५ जनाले रक्तदान गरेका छन्। 

विद्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, धनुषाको संयोजनमा शनिबार जनकचोकमा गरिएको खुला रक्तदान कार्यक्रममा शिक्षक, भूपू विद्यार्थी, अभिभावक तथा अन्य शुभचिन्तक गरि ४५ जनाले रक्तदान गरेका हुन्।

जनकपुरधाम उपमहानगरपालिका मेयर लालकिशोर साहले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए।विद्यालयले शैक्षिक उत्थानका साथै सामाजिक सेवाका क्षेत्रमा पुर्‍याएको योगदानको लागि मेयर साहले प्रशंसासमेत गरे।

विद्यालयका मेनेजिङ डायरेक्ट डाक्टर सोनु कुमार साहले मोनाष्टिक विद्यालयले शिक्षालगायत स्वास्थ्य र सामाजिक भावनामा अघि बढ्दै कार्य गरिरहेको बताए ।

विद्यालय संस्थापका वीणादेवी साहले मोनाष्टिक विद्यालयले बर्षौदेखि रचनात्मक कार्यक्रमहरू गर्दै आइरहेको र आगामी दिनहरूमा समेत विद्यालयले शिक्षा,स्वास्थ्य तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने बताइन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ