arrow

रउहानी दुई दशकपछि जापान जाने पहिलो इरानी राष्ट्रपति

अमेरिकासँगको विवादका बीच इरानी राष्ट्रपति रउहानी जापानमा

logo
एएफपी,
प्रकाशित २०७६ पुष ५ शनिबार
iran-japan1.jpg

टोकियो। अमेरिकासँग पछिल्लो समय कूटनीतिकरूपमा विवाद जारी नै रहेका बेला इरानी राष्ट्रपति हसन रउहानी जापान गएका छन्। राष्ट्रपति रउहानी शुक्रबार जापानको राजधानी टोकियो गएका हुन्। यस भ्रमणका बारेमा जापानी मिडियाले लेखेका छन् कि “राष्ट्रपति रउहानी दुई दशकपछि जापान आउने पहिलो इरानी राष्ट्रपति हुनुहुन्छ।”

पछिल्लो समयमा संयुक्त राज्य अमेरिका र इरानबीच आणविक विषयलाई लिएर ठूलो विवाद जारी रहेको छ। यस विवादका बीच पनि उनी निकै लामो समयपछि इरानी राष्ट्रपतिको हैसियतमा जापान भ्रमणमा गएको अमेरिकी सञ्चारमाध्यमहरुले पनि लेखेका छन्। राष्ट्रपति रउहानी र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच शुक्रबार साँझ जापानी प्रधानमन्त्री आबेको कार्यालयमा द्विपक्षीय औपचारिक वार्ता पनि भइसकेको बताइएको छ।
 
उनी शुक्रबार टोकियो पुगेपछि उनको सम्मानमा ‘गार्ड अनर’ दिइएको थियो। त्यसपछि उनीहरुबीच शुक्रबार साँझ नै औपचारिक वार्ता र रात्रिभोज सम्पन्न भएको समाचारमा जनाइएको छ। तर द्विपक्षीय वार्तामा के विषयमा कुराकानी भएको थियो भन्ने बारेमा भने केही नबताइएको राजधानी टोकियोबाट विभिन्न अन्तरराष्ट्रिय मिडियाहरुले जनाएका छन्।
 
उनको यो भ्रमण इरानमा गत महिना भएको ठूलो आन्तरिक आन्दोलनपछि भएकाले अर्थपूर्णरूपमा हेरिएको छ। अधिकारीहरुका अनुसार इरान सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा गत महिना व्यापक आन्दोलन भएको थियो। साथै केही समययतादेखि अमेरिकाले पनि इरानमाथि उसका आणविक कार्यक्रमका विषयलाई लिएर आर्थिक नाकाबन्दी नै लगाएको छ। अमेरिकाको यो नाकाबन्दीले गर्दा इरानको समग्र अर्थतन्त्रमा नै ठूलो असर पारेको इरानका आर्थिक क्षेत्रका जानकारहरुले जनाएका छन्।

इरानसँगको विश्वका ठूला शक्ति राष्ट्रहरुसमेतको संलग्नतामा भएको सम्झौताबाट पछि हटेर अमेरिकाले इरानमाथि यस्तो प्रतिबन्द लगाएको छ। तर यसपटकको यो भ्रमण भने अमेरिकासँगको सो मुद्दाका विषयमा नरहेको इरानको स्पष्टोक्ति छ। इरान सरकारका प्रवक्ता अलि राबेइले अमेरिकासँग पछिल्लो समयमा जारी विवादास्पद मुद्दाका विषयमा कुनै पनि किसिमले सम्बन्धित छैन, भने।

तर उनले यस भ्रमणको समयमा त्यस विषयमा कुनै कामकारवाही नहुने भए पनि जापानले आफ्ना विषयहरुमा अमेरिकासँग कुरा गर्ने र इरानसँग सद्भाव भने राख्ने गरेको जानकारी दिए। तर पनि गएको जुन महिनामा भने जापानी प्रधानमन्त्री आबेले यसै विषयमा केन्द्रित रेहर इरानको भ्रमण गरेका थिए।

अमेरिका र इरानका बीचमा ठूलो कूटनीतिक तनाव जारी नै रहेका बेला सो तनाव कम गर्ने काममा सघाउनका लागि भन्दै उनले इरानको भ्रमण गर्नुभएको त्यस समय विदेशी मिडियाले नै जनाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ