arrow

कैदीबीच भएको झडपमा कम्तीमा १८ जनाको मृत्यु

logo
प्रकाशित २०७६ पुष ६ आइतबार
honduras-flag.jpg

तेगुसिपगाल्पा । होन्डुरसमा कैदीहरूको दुई समूहबीच भएको झडपमा यहाँको एक जेलमा कम्तीमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा कम्तीमा १६ जना घाइते भएका छन् । घाइतेहरूलाई तेला सहरस्थित विभिन्न अस्पतालमा उपचार भैरहेको सरकारी अधिकारीले बताएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार साँझ बन्दगाह सहर तेलामा भडप भएको थियो । झडपमा १७ को जेलभित्र घटनास्थलमा नै मृत्यु भएको र एक अन्यको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनालाई स्थानीय सञ्चारमाध्यमहरूले फरक फरक समूहका कैदीबीच भएको विवादका कारण भएको हिंसात्मक घटना बताएका छन् । 

घटनास्थल अहिले प्रहरीको नियन्त्रणमा आइसकेको र थप सम्भावित आक्रमण हुन नदिन सावधानी अपनाइएको होन्डुरस प्रहरीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ