arrow

विश्वकप क्लब फुटबलको उपाधि लिभरपुललाई 

logo
प्रकाशित २०७६ पुष ६ आइतबार
liverpool31.jpg

काठमाडौं । क्लब विश्वकप फुटबलको उपाधि पहिलो पटक इंगलिश प्रिमियर लिग क्लब लिभरपुलले जितेको छ । 

शनिबार राति भएको फइनल खेलमा ब्राजिलियन क्लब फ्लामेन्गोलाई १–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि उचालेको हो ।

कतारमा भएको खेलको निर्धारित समयमा गोलरहित बराबरी भएको थियो । अन्तिम मिनेटमा लिभरपुलले पेनाल्टी पाए पनि भिआरको प्रयोग गरेर हेर्दा रेफ्रीले पेनाल्टीलाई रद्द गरेका थिए । त्यसपछि खेल अतिरिक्त समयमा धकेलियो । 

अतिरिक्त समयको ९९ औं मिनेटमा ब्राजिलियन स्टार रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई जिताए । 

यसपटक निकै सशक्त देखिएको लिभरपुल प्रिमियर लिगमा पनि १० अंकको अग्रतासहित शीर्ष स्थानमा । लिभरपुलले गत सिजन च्याम्पियन्स लिग जितेको थियो ।

प्रिमियर लिगमा पनि सुरुआतमा लामो समय अग्रता लिन सफल भए पनि अन्तिममा आएर म्यान्चेस्टर सिटीलाई उपाधि बुझाएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ