arrow

मलेसियामा ज्यान गुमाएका अनिलको परिवारलाई सहयोग

logo
प्रकाशित २०७६ पुष ६ आइतबार

काठमाडौं । रोजगारीका क्रममा मलेसियामा रहेका क्रममा ज्यान गुमाएका अनिल नेपालीको परिवारलाई विभिन्न तहबाट सहयोग रकम उठाइएको छ । 

दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका १५ का ज्ञानबहादुर दमाईका छोरा अनिलको जोहोर बातु पहातस्थित सोङलिन कम्पनीमा बिगत ७ बर्षदेखि कार्यरत थिए ।

आएको सात बर्षपछि अर्थात दुई महिनाअघि अनिलको उपचारको क्रममा अस्पतालमै निधन भएको थियो  । उनको घरको आर्थिक अवस्था कमजोर भएकाले उनका घर परिवारलाई केही सहयोग होस भनी  जीएस समाज सेवा युवा क्लब मलेसियाको अगुवाइमा मलेसियाको जिमिल कम्पनी, सोङ्लिन कम्पनी, बुलुबेरी कम्पनी, ओरेन्ज कम्पनीमा कार्यरत सम्पूर्ण नेपालीबाट र विभिन्न राहत बक्सबाट सहयोग संकलन सम्पन्न गरिएको छ। 

जीएस समाज सेवा युवा क्लब मलेसियाका अध्यक्ष राम परियारको अध्यक्षतामा एक कार्यक्रम गरी सम्पूर्ण सहयोग रकमको बारेमा कोषउपाध्यक्ष विमल पोख्रेलले सार्वजनिक गरेका थिए । 

उक्त कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार मदन सुब्बा ,विशेष सल्लाहकार तथा अथििती प्रवासी मेमेङ समाज मलेसियाका अध्यक्ष महेन्द्र केरुङ,उपाध्यक्ष जटिल बि सि,उपाध्यक्ष मिथुन बिराजी,सदस्य नबिता लिम्बु, शिव बिष्ट लगायतले बोलेका थिए । कार्यक्रम सहसचिव गोपाल रायमाझीले संचालन गरेका थिए । 

उक्त कार्यक्रममा ७ लाख ३४ हजार ९७१ रुपैयाँ संकलन भएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ