arrow

रामलीलामा मोदी, आतंककारी हमलाको खतरा, यस्तो छ सुरक्षा व्यवस्था 

logo
प्रकाशित २०७६ पुष ६ आइतबार
modi-indpendence-day.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार दिल्लीको रामलीला मैदानमा भारतीय जनता पार्टी भाजपा कार्यकर्ताको र्यालीलाई संवोधन गदैैछन् । 

यो सभामा सुरक्षा चुनौती देखिएको छ । दुई दिनअघि खुफिया एजेन्सीले मोदीमाथि आतंककारी हमला हुन सक्ने खतराको सूचना जारी गरेको थियो । 

त्यसपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार दिल्ली बाहिरबाट कम्तीमा २० पुलिसका कम्पनी रामलीला मैदान आसपासमा तैनाथ हुनेछन् । 

हर कम्पनीमा ७०–८० प्रहरी जवान हुनेछन् । करीब २० डीसीपीहरुसंगै स्थानीय पुलिसका १००० जवान पनि सामेल हुनेछन् । 

आयोजनास्थल आसपास स्नाइपरहरुलाई पनि राखिने जनाइएको छ । त्योसंगै एन्टी ड्रोन टिम र विशेष कमाण्डो टिमलाई पनि खटाइने बताइएको छ । 

कार्यक्रममा विभिन्न राज्यका मुख्यमन्त्री तथा मन्त्रिपरिषदका सदस्यहरु पनि जानेछन् । (भारतीय संचारमाध्यमहरुको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ