कुटपिटको दुई बर्षपछि सँगै देखिए कपिल र सुनील, सलमानले यसरी गराए मित्रता
सलमानको ग्यालेक्सी अपार्टमेन्टमा दुई भाइको मिलन
प्रकाशित २०७६ पुष ६ आइतबार
424
Shares
काठमाडौं । भारतका चर्चित अभिनेता तथा कमेडियन कपिल शर्मा र सुनील ग्रोभरबीच लामो समयदेखि झगडा चल्दै आएको छ । दुबै एक अर्काको सामाजिक सञ्जालमा टिप्पणी गर्छन् तर आमने सामने भने आउनबाट जोगिन्छन्। हालै सलमान खानले केही गरे जसकारण दुबै एकै छानामुनि आए र सँगै फोटो पनि खिचाए ।
२० डिसेम्बरमा, सोहेल खानको जन्मदिन थियो। सो अवसरमा, खान परिवारले ग्यालेक्सी अपार्टमेन्टमा भव्य पार्टी आयोजना गरे। यस पार्टीमा सलमान खानले सुनील ग्रोभर र कपिल शर्मालाई पनि बोलाएका थिए। दुबै भोजमा आइपुगे र सलमान खानसँग तस्वीर पनि खिचाए ।
गत बर्ष विमानमा झगडा भएपछि कपिल र सुनीलसँगै देखिएको यो पहिलो तस्वीर हो। सलमान खान दुवैलाई सँगै ल्याउने भुमिका निभाउदै आएका छन् । यो तस्वीर कपिल शर्माले आफ्नो सोशल मिडियामा शेयर गरेका छन्। क्याप्शनमा उनले लेखेका छन्, 'भाइहरूको रात ... जन्मदिनको शुभकामना सोहेल खान भाई। '
कपिलले सलमान र सुनीललाई पनि यो फोटोमा ट्याग गरेका छन्। सोहेल खानको जन्मदिन पार्टी ग्यालक्सी अपार्टमेन्टमा मनाएको थियो । कपिल र सुनील बाहेक, ज्याकी श्रफ, सुनील शेट्टी, रितेश देशमुख, जेनेलिया डिसूजा, जर्जिया एन्ड्रिया र सलमानकी प्रेमिका युलिया भेन्तुरलगायत धेरै स्टारहरू पार्टीमा पुगेका थिए।
कपिल शर्मा हालै एक छोरीकी बुबा भइसकेका छन। यस अवसरमा सुनीलले ट्वीट गरी बधाई दिएका थिए । सुनीलले भने, 'बधाई छ। प्रेम र आशीर्वाद। ' अब दुबैको गुनासो समाप्त भएको आशा गरिएको छ । साथै सुनील चाँडै कपिलको शोमा देखा पर्ने विश्वास लिइएको छ ।
बलिउड स्टार सलमान र कपिलबीच राम्रो सम्बन्ध रहेको छ । सलमानले नै डब्दै गरेको कपिलको करियर जोगाएका थिए । कपिलले सुनील ग्रोवरसँग झगडा गरेपछि सलमानले आफ्ना मित्र कपिललाई आफ्नो स्टारडमलाई काबुमा राख्न सुझाब दिए। सलमानले भनेका थिए - ' म आफ्नो करियरको त्यो विन्दुमा छू जहाँ मानिसहरु मेरो हो मा हो मिलाउछन् । तर मलाई त्यो सहि वा गलत थाहा हुन्न । त्यसैले म सधै आफ्नो परिवार र साथिहरुको कुरा सुन्ने गर्दछु । किनकि उनिहरुले मलाई गलत बाटोमा हिड्न दिदैनन् । त्यसै गरि कपिलले पनि आफ्नो स्टारडमलाई काबुमा राख्न आवश्यक छ । '
सो समय कपिल शर्माको शो 'द कपिल शर्मा' बन्द हुने अवस्थामा पुगेको थिइो । कपिल शर्मा र सुनील ग्रोवरबीचको विवादले हैरान भएको च्यानलले शो बन्द गर्यो ।
२०१७ मार्च १६ मा कपिलको टिम अष्ट्रेलियाबाट मुम्बई फर्कने क्रममा विमानमा सुनिलसँग सामान्य विवादले झगडाको रुप लिएको थियो। कपिलले रक्सी पिएर डा.गुलाटी अर्थात सुनिल ग्रोवरलाई बिना कारण गाली गरेका थिए । कपिलको गाली सुनेर पनि ग्रोवर चुप लागेर बसि रहे तर उनलाई कपिलले कुटपिट नै गरे ।
सो दृश्यले विमानमा रहेका यात्रुले कपिललाई समाउन खोजे तर सुनिलले रक्सीले पिएका कपिललाई वास्ता नगर्न आग्रह गर्दै अरुलाई त्यहाँबाट जान आग्रह गरेका थिए।
सो घटनाको विषयमा कपिललाई बलिउड लाइफले गरेको प्रश्नमा आफुलालाई याद नभएको प्रतिक्रिया दिएका थिए । साथै उनले भनेका थिए 'हाम्रो प्रत्येक फ्लाईट ,प्रत्येक ठाउमा लडाइ हुन्छ । यो एक स्वस्थ बहसको रुप हो । हामि राम्रो काम गर्नको लागि लड्छौ ।'