arrow

आइपीएल : के होला कोलकाता र मुम्बईको नतिजा ?

logo
प्रकाशित २०७३ वैशाख १ बुधबार
kolkata-&-Mumbai.jpg.jpeg
एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा वुधबार (आज) कोलकाता नाइटराइडर्स र मुम्बर इन्डियन्स भिड्दै छन् । राति सवा ८ बजे कोलकातास्थित इडेन गार्डेनमा हुने खेलमा मुम्बई पहिलो जितको खोजिमा हुनेछ भने, कोलकाता खेल जित्दै विजयी यात्रा जारी राख्ने सुरुमा हुनेछ । कोलकाता गौतम गम्भीर र मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रँदै छ । 
 
यसअघि एको खेलमा कोलकाताले दिल्ली डेयरडेभिल्सलाई ९ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो । उता, मुम्बइ भने लिगको उद्घाटन खेलमा पुणे सुपरजायन्ट्संग ९ विकेटले नै पराजित भएको थियो । कोलकाता ९ विकेटको जित निकालेर उत्साहका साथ मैदान उत्रँदै छ भने, पुणे ९ विकेटको हार सुधार गर्नुपर्ने दबाबबीच मैदान उत्रँदै छ । चेन्नई सुपरकिङ्गस कारबाहीमा परेपछि भारतीय राष्ट्रिय टोलीका कप्तान महेन्द्र सिंह धोनी पुणेको कप्तानी सम्हालिरहेका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ