arrow

विराट कोहलीले बनाए यो रेकर्ड

logo
प्रकाशित २०७६ पुष ७ सोमबार
virat-kohli3.jpg

काठमाडौं । भारतीय क्रिकेट कप्तान विराट कोहलीले आफूलाई सबैभन्दा बढी रन बनाउने खेलाडीको रेकर्डधारी खेलाडी बनाउन सफल भएका छन् । 

सन् २०१९ भर उनले सबैभन्दा बढी रन बनाएका हुन् । तीन वटै फम्र्याटका खेलमा कोहलीले २४५५ रन बनाए । उनले आफ्नै साथी रोहित शर्मालाई पछाडि छोडेका हुन् । 

रोहितले २४४२ रन बनाएका छन् । वेष्ट इन्डिज विरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीयमा कोहलीले ८५ रन बनाउँदा रोहितले ६३ रन बनाएका थिए । 
 
भारतले वेष्ट इन्डिज विरुद्धको एक दिवसीय क्रिकेट सिरिज जितेको छ । आइतबार अन्तिम तथा तेस्रो एक दिवसीयमा ४ विकेटले पराजित गर्दै भारतले सिरिज २–१ ले जितेको हो ।

यो जितसंगै भारतले वेष्ट इन्डिजविरुद्ध लगातार १० सिरिज जितको रेकर्ड पनि राखेको छ । भारतले १७ पटक ३ सय प्लस रनको लक्ष्य पूरा गर्न सफल भएको छ । 

भारतको कटकमा भएको डे–नाइट खेलमा ३ सय १६ रनको फराकिलो लक्ष्य भारतले ४८.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा कोहलीले ८५, लोकेश राहुलले ७७, रोहितले ६३ तथा रविन्द्र जडेजाले नटआउट ३९ रन बनााए । केमो पाउलले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो ।

निकोलस पुरनले ८९ रन बनाउँदा कप्तान केइरन पोलार्डले अविजित ७४ रन बनाए । साई होपले ४२ र रोस्टन चेसले ३८ रन बनाए । 

भारतका डेब्यु ब्वाई नवदीप सैनीले २ विकेट लिए  । यो जितले भारतले वर्ष २०१९ को अन्तिम एक दिवसीय सिरिज जितेको हो । 

यसअघि पहिलो खेलमा भारत ८ विकेटले हार्दा दोस्रो खेल १०७ रनले जितेको थियो । 

भारतले चौथो पटक वर्षको आखिरी एक दिवसीय सिरिज जित हासिलको सफलता पनि कायम गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ