arrow

रोहित शर्माले तोडे २२ वर्ष पुरानो रेकर्ड

logo
प्रकाशित २०७६ पुष ७ सोमबार
rohit3.jpg

काठमाडौं । भारतीय क्रिकेट खेलाडी रोहित शर्माले २२ वर्ष पुरानो रेकर्ड तोडेका छन् । उनले श्रीलंकन क्रिकेटर सनथ जयसूर्याले बनाएको रेकर्ड तोडेका हुन् । 

एकै क्यालेन्डर वर्षमा सबैभन्दा बढी रन बनाएर उनले रेकर्ड बनाएका हुन् । रोहितले भारतको कटकमा भएको वेष्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीयमा ६३ रन बनाएपछि रेकर्ड बनाएका हुन् । 

उनले कुनै पनि ओपनर खेलाडीले एकै क्यालेन्डरमा सर्वाधिक रन बनाएको रेकर्ड राखे । रोहितले २४४२ रन बनाएका छन् । 

आफ्नो खातामा ९ रन बनाउँदा साथ रोहितले रेडर्क बनाएका थिए । जयसूर्याले सन् १९९७ मा ओपनरका रुपमा २३८७ रन बनाएका थिए । 

रोहितले ४३ औं अर्धसतक पनि बनाए । उनले पाँच टेष्टमा ९३.६६ को औसतमा ५५६ रन बनएका थिए । रोहितले ३ सतक समेत बनाएका छन् ।

टी–२० मा १४ खेलम उनले ३९६ रन बनाए । उनले यो वर्ष एक दिवसीय विश्वकपमा ६४८ रन बनाएका थिए ।

उनले विश्वकपमा ५ सतक बनाएका थिए । एकै विश्वकपमा पाँच सतक बनाउने उनी एक्ला ब्याट्सम्यान हुन् । 

 भारतले वेष्ट इन्डिज विरुद्धको एक दिवसीय क्रिकेट सिरिज जितेको छ । आइतबार अन्तिम तथा तेस्रो एक दिवसीयमा ४ विकेटले पराजित गर्दै भारतले सिरिज २–१ ले जितेको हो ।

यो जितसंगै भारतले वेष्ट इन्डिजविरुद्ध लगातार १० सिरिज जितको रेकर्ड पनि राखेको छ । भारतले १७ पटक ३ सय प्लस रनको लक्ष्य पूरा गर्न सफल भएको छ । 

भारतको कटकमा भएको डे–नाइट खेलमा ३ सय १६ रनको फराकिलो लक्ष्य भारतले ४८.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा कोहलीले ८५, लोकेश राहुलले ७७, रोहितले ६३ तथा रविन्द्र जडेजाले नटआउट ३९ रन बनााए । केमो पाउलले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो ।

निकोलस पुरनले ८९ रन बनाउँदा कप्तान केइरन पोलार्डले अविजित ७४ रन बनाए । साई होपले ४२ र रोस्टन चेसले ३८ रन बनाए । 

भारतका डेब्यु ब्वाई नवदीप सैनीले २ विकेट लिए  । यो जितले भारतले वर्ष २०१९ को अन्तिम एक दिवसीय सिरिज जितेको हो । 

यसअघि पहिलो खेलमा भारत ८ विकेटले हार्दा दोस्रो खेल १०७ रनले जितेको थियो । 

भारतले चौथो पटक वर्षको आखिरी एक दिवसीय सिरिज जित हासिलको सफलता पनि कायम गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ