arrow

मेस्सीले रेकर्ड राख्दा के भयो स्पेनिश लिगमा यो साता

logo
प्रकाशित २०७६ पुष ७ सोमबार
messi-barcelona3.jpg

काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलमा यो साता बार्सिलोना जित्दा रियाल मड्रिड बराबरीमा रोकियो । बार्सिलोनाले डेपोर्टिभो एलाभेसलाई ४–१ गोल अन्तरले हरायो । एन्टोइने ग्रेजम्यान, अर्टुरो भिडाल, लियोनल मेस्सी र लुइस सुवारेजले १–१ गाल गरे । पेरे पोन्सले सान्त्वना गोल गरे । 

अन्य खेलको नतिजा 
रियाल मड्रिड ०–० एथलेटिक बिलबाओ 
आइतबार ३–० ग्रानाडा
मयोर्का ०–२ सेभिया
भिल्लारियल १–० गेटाफे
रियाल भल्लाडोलिड १–१ भ्यालेन्सिया
लेगानेस २–० स्पानियोल
ओसासुना ३–४ रियाल सोसिडाड
रियाल बेटिस १–२ एथलटिको मड्रिड
लेगानेस ३–१ सेल्टाभिगो 

अंक तालिका
१८ औं चरणको समाप्तिसम्म बार्सिलोना ३९ अंकसहित पहिलो, ३७ अंकबाट रियाल मड्रिड दोस्रो, सेभिया ३४ अंकबाट तेस्रो, एथलेटिको मड्रिड ३२ अंकसहित चौथो, रियाल सोसिडाड ३१ अंकबाट पाँचौं स्थानमा छ । 

स्पानियोलले रेलिगेशनको छाँट ल्याएको छ । स्पानियोल १० अंकसहित पुछारमा छ । 

मेस्सीको रेकर्ड 
मेस्सी लगातार ६ वर्ष एकै वर्षमा ५० गोल हान्ने रेकर्ड बनाउन सफल भएका छन् । 

पछिल्लो १० क्यालेन्डर वर्षमा उनले ९ पटक यो रेकर्ड राखेका छन् । 

उनले सन् २०१२ मा एकै वर्ष ९१ गोल गरेका थिए । उनले पछिल्लो १० वर्षमा मात्रै ५७९ गोल गरेका छन् । 

सन् २०१९ मा ३४ खेलमा ५० गोल गरिसकेका मेस्सीको यसअघिको रेकर्ड कस्तो छ –
२०१८ मा ३२ खेल ५१ गोल, २०१७ मा ३५ खेल ५४ गोल, २०१६ मा ३८ खेल ५९ गोल, २०१५ मा ३५ खेल ५२ गोल, २०१४ मा ३७ खेल ५८ गोल, २०१३ मा २९ खेल ४५ गोल, २०१२ मा ४७ खेल ९१ गोल, २०११ मा ३७ खेल ५९ गोल, २०१० मा ३४ खेल ६० गोल गर्न सफल भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ