arrow

इलाम अस्पतालमा निःशुल्क रगतको व्यवस्था 

logo
प्रकाशित २०७६ पुष ७ सोमबार
ilam-hospital-blood-agreeme.jpg

इलाम । इलाम नगरपालिकामा रहेको इलाम अस्पतालमा वार्षिक सरदरमा २ सय पिन्ट रगत आवश्यक पर्छ । त्यसका लागि बिरामीले एक पिन्ट रगत बापत सात सय रुपैयाँ तिर्दै आएका थिए । अब भने अस्पतालमा निःशुल्क रगत पाइने भएको छ । अस्पतालमा भर्ना भएका बिरामीलाई रगतको आवश्यकता परे रक्त संकलन तथा सेवा युनिट (ब्लड बैंक) मार्फत निःशुल्क रगतको व्यवस्था गरिएको हो ।

यो व्यवस्था आइतबार पुस ६ गतेदेखि भएको हो । रक्त संकलन तथा सेवा युनिट (ब्लड बैंक) नेपाल रेडक्रम सोसाइटी इलाम शाखाले स्थापना गरेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार यसअघि अस्पतालमा भर्ना भएका बिरामीले एक पिन्ट रगतको ७ सय रुपैयाँ तिर्दै आएका थिए । 

रेडक्रसले ब्लड ब्याग, आईभीसेट, रक्त परीक्षण लगायतमा लाग्ने खर्च बापतको ७ सय रुपैयाँ लिँदै आएको थियो । नेपाल रेडक्रस सोसाइटीका उपसभापति तथा रक्तसञ्चार सेवा संयोजक समेत रहेका रतनकुमार चौधरीले निःशुल्क रगत वितरणका लागि रेडक्रसलाई वार्षिक १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने रेडक्रसले जानकारी दिएको छ । 

चौधरीले आउँदो २०८० असार मसान्तसम्मका लागि रेडक्रसलाई वार्षिक १ लाख ५० हजार रुपैयाँका दरले नगद उपलब्ध गराउने सम्झौता भएको छ । 

सम्झौता अनुसार चौधरीले रेडक्रस सोसाइटीलाई अबको ४ वर्षसम्म हरेक वर्ष डेढ लाखका दरले रकम उपलब्ध गराउने बताइएको छ । यसै रकमबाट रेडक्रसले खर्च व्यवस्थापन गरी बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ