arrow

मारियाको खुट्टा र स्वरको बीमा ७ अर्ब

logo
प्रकाशित २०७३ वैशाख १ बुधबार
maria-carey-legs.jpg.jpeg
एजेन्सी ।  हलिउडकी चर्चीत  गायिका मारिया केरीले आफ्नो खुट्टा र स्वरको ७ करोड अमेरिकी डलर (७ अर्ब ४३ करोड ८२ लाख नेपाली रुपैया ) मा बीमा गराएकी छन् । केरीले खुट्टा र आवाज़को लागि छुट्टा-छुट्टै ३.५/३.५ करोड अमेरिकी डलरको बीमा गरेकी हुन् ।
 
४६ वर्षीय मारिया यी दिनहरुमा यूरोपको  'द स्वीट स्वीट फेन्टेसी टूर' मा रहेकी छन् । टीएमज़ेडका अनुसार उनले यस भ्रमण दक्षिण अमेरिकासम्म गर्ने भएकी हुन् । मारियालाई उनको टीमले खुट्टा र आवजको बीमा गर्न सुझाव दिएका थिए ।
 
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मारियाको प्रोफेशनल असाइनमेन्ट्समा करोडौको लगानि भएको छ । यदि उनको स्वर वा खुट्टामा दुर्घटना भए धेरै ठुलो क्षति हुने देखेर उनले बिमा गरेकी हुन् ।
 
मारियाले यस  बीमाको लागि हजारौ अमेरिकी डलरको प्रीमियम भुक्तानि गर्नुपर्नेछ  तर पनि उनले बिमा गर्न आवश्यक छ ।  मारिया अष्ट्रेलियन अर्बपति जेम्स पेकरसँग विवाहको तयारीमा रहेकी छन् । यस जोडिको अगष्ट महिनामा विवाह हुने जनाएको छ ।
 
हलिउडमा यस भन्दा पहिले पनि रिहाना, हेदी क्लम, जूलिया रोबर्ट्स र ब्रूस स्प्रिन्गस्टीन जस्ता स्टार्सले आफ्नो अंगहरुको बीमा गराइसकेका छन् । यस्तै हलिउडमा जेनिफर लोपेज़ले आफ्नो शरीरको पछाडिको भाग २.७० करोड अमेरिकी डलरमा बीमा गराएको चर्चा थियो । तर, हालै जेनिफरले सो समचारको खण्डन गरेकी छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ