arrow

हजारौं विद्यार्थी दीक्षित गर्ने त्रिविविलाई कसले गर्ने ?

logo
प्रकाशित २०७६ पुष ७ सोमबार
degree.jpg

कठमाडौं नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय त्रिविवि वार्षिक हजारौं विद्यार्थीलाई दीक्षित गर्दै आएको छ । यसलाई भरोसाको आधार पनि मानिन्छ । 

तर यो विश्वविद्यालयका कमजोरी औंल्याउने हो भने अधिकांश पदाधिकारीलाई जेलमा स्वागत गर्ने खालको छ । पहिलेको भरोसा पछिल्लो समय यसले तोड्दै गएको छ । 

गल्ती गर्दा पनि यसबाट पाठ सिक्दैन त्रिविवि । यस्तै भएको छ अहिले फेरि । 

नेपाली भाषालाई बिगार्न भूमिका खेलेको त्रिविविले अहिले अंग्रेजी भाषालाई समेत लज्जित बनाएको छ । विद्यार्थी भरोसा लिएर त्यो सर्टिफिकेट कतै देखाउन नमिल्ने अवस्थामा छन् । 

एक दीक्षित भएका विद्यार्थी आकाश आचार्यले निकै पीडाका साथ आफू दीक्षित भएको दिनको प्रमाणपत्र देखाएका छन् । 

उनले भने, ‘मेरो डिग्री एमएससी इन्जिनियरिङ जियोलोजी हो । यसमा जियोलोजीमात्र लेखेको छ । न डिग्रीको स्पेलिङ मिलेको छ ।’

यो उनको मात्र समस्या हैन स्पेलिङ नमिलेका विद्यार्थीहरु धेरै छन् । त्यस्तै जियोलोजी हुनुपर्ने छुटेकाहरु २० जना जति रहेको पनि बताइएको छ । 

त्रिविविको यो रोग अहिलेको हैन । जानीनजानी यस्ता गल्तीहरु भइरहन्छन् । तर सुधार गर्नेतिर त्यहाँका पदाधिकारी, कर्मचारी लागेको पाइँदैन । 

आखिर हजौरौ हजारौं विद्यार्थी दीक्षित गर्ने त्रिविविलाई कसले दीक्षित गर्ने ?
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ