arrow

अफगानिस्तानको निर्वाचनको प्रारम्भिक परिणाम राष्ट्रपतिद्धारा स्वीकार

logo
सिन्ह्वा,
प्रकाशित २०७६ पुष ७ सोमबार
afghanistan-map-1.jpg

काबुल। अफगानिस्तानका राष्ट्रपति असरफ गनीले अफगानिस्तानमा हालै भएको निर्वाचनको प्रारम्भिक परिणाम स्वीकार गरेको बताइएको छ। यहाँ हालै सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनको आइतबार सार्वजनिक भएको प्रारम्भिक परिणाम राष्ट्रपति असरफ गनीले स्वागत गरेको समाचारमा जनाइएको छ।

जनाइएअनुसार आइतबार सार्वजनिक भएको उक्त निर्वाचनको प्रारम्भिक परिणामलाई उनले निष्पक्ष भनेका छन्। साथै उनले सो निर्वाचनका लागि अफगानिस्तानको निर्वाचन आयोगलाई धन्यवाद पनि दिएको काबुलबाट प्राप्त भएको समाचारमा जनाइएको छ। सन् २००१ मा अफगानिस्तानबाट तालिबानको शासन हटेपछि भएको चौथो पटक राष्ट्रपतिको निर्वाचन गत सेप्टेम्बर २८ मा भएको थियो। निर्वाचनमा अफगानिस्तानका हालका राष्ट्रपतिले ५०.६४ मत प्राप्त गरेको छ भने अर्काे प्रत्याशी अब्दुल्लाहले ३९.५२ प्रतिशत मत प्राप्त गरेका छन्।

तर सो निर्वाचनको प्रारम्भिक परिणाम भने झण्डै तीन महिनापछि आइतबार सार्वजनिक भएको बताइएको छ। यो निर्वाचन परिणामले अफगानिस्तानलाई दुविधाबाट राजनीतिक सहजतातर्फ लगेको प्रतिक्रिया राष्ट्रपति गनीले दिनुभएको समाचारमा जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ