arrow

चीन र दक्षिण कोरियाका राष्ट्रपति बीच भेटवार्ता

logo
सिन्ह्वा,
प्रकाशित २०७६ पुष ७ सोमबार
xi-moon-china-korea.jpg

बेइजिङ्। चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता गरेका छन्। बेइजिङ्स्थित ग्रेट हल अफ पिपुलमा उहाँहरुका बीचमा भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

आफूहरुकाबीचमा रणनीतिक साझा साझेदारिता, ठोस चासो र मुख्य सरोकारका विषयमा एक अर्कालाई सघाउने र उच्चस्तरीय दुई पक्षीय सम्वन्धलाई थप सुधार गर्दै लैजानेलगायतका विषयमा छलफल भएको सिले बताउनु भएको छ ।  

चीन—जापन—दक्षिण कोरियाका शिर्ष नेताहरुको आठौँ बैठकमा सहभागी हुन मुन चीन आउनु भएको हो । चीनको दक्षिणपश्चिमी सहर छेन्दुमा मङ्गलबार सो बैठक हुन लागेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ