arrow

पूर्व पीपीएल विजेतालाई हराउदै धनगढी एक्सपर्ट विजयी

logo
प्रकाशित २०७६ पुष ७ सोमबार
PPL-pokharapaltan.jpg

पोखरा । कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा सोमबार भएको खेलमा धनगढी एक्सपर्ट विजयी भएको छ । धनगढीले पूर्व पीपीए विजेता पोखरा पल्टनलाई पाँच विकेटले पराजित गरेको हो ।

पोखरा रङ्गशालामा सोमबार भएको खेलमा टस जितेर पोखरा पल्टनले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित २० ओभरको खेलमा पोखराले १६ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर मात्र ७९ रन बनायो ।

धनगढीका अमित यादवले सर्वजित लद्दाको बलमा छक्का प्रहार गरी नौ दशमलव एक ओभरमा आफ्नो टोलीलाई विजयी बनाए । धनगढीका लागि दिपक पुनियाले २५, रोड्रिगो थोमसले १५, कप्तान दीपेन्द्रसिंह ऐरीले १३ तथा शुभेन्दु पाण्डेले ११ रन बनाए ।

बलिङतर्फ पोखराका प्रथमेश डाके र सर्वजित लद्दाले दुई÷दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा पोखराका लागि आशिफ शेखले ३२ तथा विनोद भण्डारीले १२ रन बनाए ।

बलिङतर्फ धनगढीका अनिल खरेलले तीन तथा दिपक पुनिया, कमलसिंह ऐरी र सागर ढकालले दुई÷दुई विकेट लिए । खेलको प्लेयर अफ दी म्याच धनगढीका दिपक पुनिया घोषित भए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ