arrow

अफगानिस्तानमा एक अमेरिकी सैनिकको मृत्यु

logo
एएनआई,
प्रकाशित २०७६ पुष ७ सोमबार
us-army-afghanistan.jpg

काबुल, अफगानिस्तान। अफगानिस्तानमा सोमबार एक अमेरिकी सैनिक समूहका एक सदस्यको ‘कर्तव्य निर्वाहका क्रममा’मृत्यु भएको अफगानिस्तानको समाचार संस्था ‘टोलो न्युज’ले अमेरिकी सेनाद्वारा जारी विज्ञप्तिलाई उद्धृत गरी जनाएको छ।

यद्यपि अमेरिकी रक्षा मन्त्रालयको नीतिमा कामका शिलशिलामा मृत्यु भएका सदस्यहरूको नाम २४ घण्टासम्म सार्वजनिक नगरिने भएकाले मारिने अमेरिकी व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन। तीन हप्ता पहिले अफगानिस्तानको लोगार प्रान्तमा दुई अमेरिकी सैनिकको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो।

यस वर्ष अफगानिस्तानमा कर्तब्य निर्बाहका क्रममा मृत्यु भएका अमेरिकी सैनिकहरूको सङ्ख्या २० पुगेको छ। अफगानिस्तानमा अहिले करिब १२ हजार अमेरिकाका सैनिकहरू छन्। जसले अफगान सुरक्षा बललाई तालिम दिने, सल्लाह दिने र सहयोग गर्ने र आतंकवाद विरोधी अभियान सञ्चालनमा सम्लग्न छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ