arrow
ADVERTISEMENT

श्रीनगरमा मस्जिद ढालेर पुल बनाउन मुस्लिमले दिए स्वीकृति 

logo
प्रकाशित २०७६ पुष ७ सोमबार
masjid-kashmir.jpg

काठमाडौं । जम्मू–कश्मीरको राजधानी श्रीनगरमा ४० वर्ष पुरानो मस्जिद ढालेर पुल निर्माण गर्न मुस्लिम समुदायले स्वीकृति दिएको छ । लामो समयदेखि रोकिएको झेलम नदीमा पुल निर्माणमा लागि पुरानो मस्जिद ढाल्न मुस्लिम समुदायले स्वीकृति दिएका हुन् । 

झेलम नदीमा १० करोड भारतीय रुपैयाँको लागतमा वाली पुल परियोजना २००२ मा सुरु भएको थियो । तर केही आवासीय तथा वाणिज्यिक संरचना लगायतका विभिन्न अवरोधका कारण २००२ देखि उक्त परियोजनाको काम लम्बिएको थियो । 

अधिकारीहरुले आइतबार बनाए अनुसार कमरवारीको रामपुरा क्षेत्रमा श्रीनगर जिल्ला विकास आयुक्त शाहिद इकबाल चौधरी र मस्जिद अबू तुराबको प्रवन्ध समितिबीच एक सम्झौतामा हस्ताक्षर भएको २४ घण्टापछि शनिबारदेखि मस्जिद ढाल्ने काम सुरु भएको हो । 

अधिकारीहरुले डीडीसीले जमीन अधिग्रहणका लागि मस्जिद व्यवस्थापनसंग विभिन्न चरणमा छलफल भएको थियो । मस्जिद ढाल्न थालिएसंगै श्रीनगरको कमरवारी र नूरबागको बीचमा रहेको १६६ मिटर लामो दुई लेनको पुल बनाउन बाटो बनेको हो । 

यो घटनालाई कश्मीरको एक मिशाल मानिएको छ । स्थानीयहरुले यो निर्णयलाई खुशी साथ स्वागत गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ