arrow
ADVERTISEMENT

बोइङका प्रमुख कार्यकारी अधिकृत वर्खास्त

logo
प्रकाशित २०७६ पुष ८ मंगलबार
boeing-guilenberg.jpg

काठमाडौं । अमेरिकी विमान निर्माता कम्पनी बोइङका प्रमुख कार्यकारी अधिकृत डेनिस मुइलेनवर्ग वर्खास्तीमा परेका छन् । बोइङको बोर्डले मुइलेनवर्गलई पदबाट हटाएको हो । 

बोर्डले केही दिनअघि मात्र आफ्ना उत्पादन तत्कालका लागि बन्द गर्ने निर्णय समेत गरेको थियो । उसले प्रमुख कार्यकारी अधिकृतसमेत हटाएको छ ।

पाँच महिनाको अन्तरालमा इन्डोनेसिया र इथिइयोपियामा दुई वटा बोइङ दुर्घटनाग्रस्त भएपछि विमानको सुरक्षाको विषयमा सर्वत्र आलोचना भएको थियो ।

७३७ म्याक्ससहित दुई वटा बोइङ दुर्घटनामा ३४० भन्दा बढीको मृत्यु भएको थियो । त्यसएपछि यो बोइङको सुरक्षामाथि गम्भीर प्रश्न खडा भएको थियो । 

कम्पनीले यस वर्ष मात्र पाँच वटा बोइङ बिक्री गर्ने तयारी गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ