arrow
ADVERTISEMENT

झारखण्डमा सत्ताधारी भाजपालाई झड्का 

logo
प्रकाशित २०७६ पुष ८ मंगलबार
EMewqR-VAAA4lX5.jpg

काठमाडौं । भारतको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) लाई पूर्वी राज्य झारखण्डमा भएको विधान सभा चुनावमा झड्का लागेको छ । 

निर्वाचन आयोगका अनुसार मुख्य विपक्षी दल भारतीय कांग्रेस पार्टी र उसको क्षेत्रीय गठबन्धनले ८१ सीटमध्ये बहुमत स्थान जितेको छ । 

परिणाम अनुसार भाजपाले जम्मा २५ सिट जितेको छ । कांग्रेस गठबन्धनले ४७ सिट जितेर स्पष्ट बहुमत हासिल गरेको छ । मुख्यमन्त्रीको पद झामुमोका हेमन्त सोरेनले सम्हाल्ने तय भएको छ । गठबन्धनमध्ये झोमुमोले ३० र कांग्रेसले १६ सिट जितेको हो । झाविमोले ३ तथा अन्यतर्फ ७ सिट आएको हो । 

सन् २०१४ को तुलनामा भाजपालाई ठूलो नोक्सान भएको हो भने कांग्रेस र झामुमोलाई निकै फाइदा भएको छ । २०१४ मा भाजपाले ३७, झमुमोले १९ र कांग्रेसले ६ सिटमात्र जितेको थियो ।  

सरकारले ल्याएको नागरिकता सम्बन्धी नयाँ कानुनविरुद्ध देशव्यापी रूपमा जारी विरोधकाबीच मतदान भएको र यसले भाजपाको उक्त निर्णयलाई पनि मतदानका माध्यमबाट अनुमोदन गर्ने वा गलत ठहराउने छ भनी विशेष चासोका साथ हेरिएको थियो । 

नागरिकता कानुनको विरोध प्रदर्शनका क्रममा १० दिनसम्म भएका झडपहरूमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

यो वर्षको सुरुमा भएको संसदीय चुनावमा अत्यधिक बहुमत प्राप्त गरी विजयी भएको प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भाजपा विधान सभा निर्वाचनमा केही कमजोर देखिएको छ । 

भाजपाले अक्टोबर महिनामा हरियाणामा भएको विधान सभा चुनावमा पनि बहुमत गुमाएको थियो । त्यस्तै क्षेत्रीय सहयोगी शिव सेनासँगको सम्बन्ध टुटेपछि भाजपाले महाराष्ट्रमा सरकार बनाउन सकेको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ