arrow

मोदीको विरोधमा अनुराग कश्यपले जर्मन तानाशाह हिटलरको शेयर गरे गलत भिडियो

'मोदीको पुत्ला लगाएर जति सक्दो जुत्ताले हिर्काउनुहोस्'

logo
प्रकाशित २०७६ पुष ८ मंगलबार
modi-kasyap-hitlar.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दिल्लीमा आयोजित र्‍यालीपछि हिटलरको एक भिडियो सोशल मिडियामा भाइरल भइरहेको छ। भिडियो शेयर गर्नेहरुमा फिल्म निर्देशक अनुराग कश्यप पनि छन्। भिडियोमा, जर्मन तानाशाह एडोल्फ हिटलरले एक स्टेडियममा भाषण दिइरहेको देखिन्छ। भिडियोको सवटाइटमा यस्तो लेखिएको छ, 'यदि तपाईं चाहनुहुन्छ भने मलाई घृणा गर्नुहोस्, तर जर्मनीलाई होईन।'

हिटलरको भाषणलाई डिसेम्बर २२ मा रामलीला मैदानमा भएको पीएम मोदीको भाषणसँग तुलना गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार दिल्लीको रामलीला मैदानमा आफ्नो भाषणमा आफ्ना राजनीतिक प्रतिद्वन्द्वीलाई ताना साधेका थिए ।

मोदीले आफ्नो भाषणमा भनेका थिए, ' देशका जनताले मोदीलाई यस पदमा बसाए र यदि तपाईंलाई मनपर्दैन भने तपाईंले मोदीलाई गाली दिनुहोस् ।  मोदीलाई घृणा गर्नुहोस् मोदीलाई विरोध गर्न जतिसक्दो गर्नुहोस्। तपाईं मोदीलाई घृणा गर्नुहुन्छ जतिसक्दो रिस छ बाहिर निकाल्नुहुन्छ। मोदीको पुत्ला लगाएर जति सक्दो जुत्ताले हिर्काउनुहोस्। मोदीको पुतला दहन गर्नु छ गर्नुहोस तर देशको सम्पत्ती नजलाउनुहोस । गरिबको अटो रिक्शा र झुपडी जलाउन नजानुहोस्। तपाईंको जति क्रोध छ मोदीमाथि निकाल्नुहोस्।'

प्रधानमन्त्री मोदीले आफ्नो भाषणमा 'अर्बन नक्सल' भन्ने शब्द पनि उल्लेख गरे। यस पछि, अनुराग कश्यपले सोमबार भिडियो शेयर गर्दै 'अर्बन नाजी' शब्द प्रयोग गरे।

अनुराग कश्यपको ट्वीटपछि यस भिडियोलाई पाँच हजार भन्दा बढी मानिसहरूले रिट्वीट गरे। यससँगै १३ हजार भन्दा बढी व्यक्तिले यस भिडियोलाई लाइक गरे ।  तर भिडियो जारी भएको केही समयपछि, एक जर्मन महिलाले यस भिडियोको सामग्रीमाथि प्रश्न उठाइन् ।

जर्मनीको ह्याम्बर्ग विश्वविद्यालयमा मनोविज्ञानको अध्ययन गर्ने मारिया रीथ रिप्लाई ट्वीटमा लेख्छिन्, "यो पूर्णतया गलत अनुवाद हो। के तपाइँसंग जर्मन भाषा जान्ने कोही छैन? यस भाषणमा, मानिस माझमा गएर  मानिसहरूलाई सहयोग गर्ने कुरा उल्लेख छ।' यस भिडियोको सत्यता र यसमा लेखिएका वाक्यहरूबारे प्रश्न गरिएपछि भिडियो अनुराग कश्यपले हटाएका छन्।

यस भिडियोमा हिटलरको बोली र त्यससँगै भएको अनुवादको सत्यता जाँच्न बीबीसी हिन्दीले जर्मन भाषा विज्ञहरूसँग कुरा गरेको छ । जर्मन भाषाको व्याकरणको कारण १५ सेकेन्डको क्लिप सुन्दा यो अनुवाद सही नै छ भन्ने निष्कर्षमा पुग्न गाह्रो थियो। यसपछि, हिटलरको भाषणको सम्पूर्ण भिडियो खोजी गरियो। हिटलरले १९३६ मा यो भाषण दिएका थिए।

दिल्ली विश्वविद्यालयको जर्मन भाषा विभागका 'लेक्चरर' ज्योति सभरवालले बीबीसी हिन्दीसँग कुराकानी गर्दा यस भिडियोमा भनिएका कुराको अर्थको वर्णन गरेका छन्। उनी भन्छिन्, 'यो पूर्ण रूपमा गलत अनुवाद हो किनभने हिटलरले यस भाषणमा त्यस्तो कुनै कुरा भनेका छैनन्। उनी एक अर्कालाई सहयोग गर्न भनिरहेका छन्। '

यस पछि, यस भाषणमा भनिएको कुराको ऐतिहासिक महत्त्व बुझ्नको लागि एक वरिष्ठ जर्मन पत्रकार अन्वर अशरफसँग कुरा गरियो। यस भाषणमा हिटलरले जर्मन जनतालाई एक अर्कालाई सहयोग गर्न अपील गरिरहेको अन्वर अशरफ पनि ज्योति सभरवालको अनुसन्धानसँग सहमत भए। उनी भन्छन्, 'यो सत्य हो कि यस भिडियोको अनुवादको हिटलरको भाषणसँग कुनै सरोकार छैन र यो मोदीको भाषणसँग पटक्कै साम्य छैन, तर यो भाषण बुझ्न हामीले यस भाषणको ऐतिहासिक पृष्ठभूमि बुझ्नुपर्छ। घृणा वा प्रेम यस बोलीमा उल्लेख गरिएको छैन। यस भाषणमा हिटलर भाईचारेको बारेमा कुरा गर्दै थिए। उनले भनिरहेका थिए कि कसरी जर्मनले एक अर्का विरुद्ध पूर्वाग्रह त्यागेर एक अर्कालाई सहयोग गर्नु पर्छ। '

'जर्मनीमा हिउँदको मौसममा तापक्रम निकै तल झर्छ। यो गरिबहरूका लागि ज्यान जोखिम पार्नसक्छ। यस्तो भाषणमा हिटलरले आफ्नो पार्टीको परोपकारी संस्था विन्टर हिल्सबर्गलाई आफ्नो भाषणमा दिएका थिए। यस भाषणको उद्देश्य यो थियो कि जाडोको दिनमा कुनै पनि जर्मनलाई कोइला, स्टोभ वा कम्बलको अभाव नहोस , यसका लागि धनाढ्य बर्गलाई अगाडि आएर मद्दत गर्न भनिएको छ ।'

 हिटलरले यस भाषणमा भनेका छन्- 'यो सम्भव छैन कि उनीहरूले एक अर्काको बिरूद्धको पूर्वाग्रहलाई त्यागेर सहयोग गर्न सक्तैनन्। मैले आफैंले यो काम गरिसकेको छु, त्यसैले तपाईं मानिसहरू माझ जानुहोस् र आफ्नो पूर्वाग्रह त्यागेर एक अर्कालाई सहयोग गर्नुहोस ।'

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ