arrow

पारस खड्काको चितवन राइनोज पिपिएलको फाइनलमा

logo
प्रकाशित २०७६ पुष ८ मंगलबार
ppl-parash.jpg

पोखरा ।  चितवन राइनोज कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)को फाइनलमा प्रवेश गरेको छ । लिग चरणको मंगलबार भएको आफ्नो अन्तिम खेलमा काठमाडौँ गोल्डेन्सलाई पराजित गर्दै चितवनले उपाधि पक्का  गरेको हो ।

चितवन लिग चरणका पाँचवटै खेल जित्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो ।  पोखरा रङ्गशालामा भएको खेलमा भएको खेलमा पारस खड्काले कप्तानी गरेको चितवनले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँलाई ६० रनले पराजित गरेको हो ।

 टस जितेर काठमाडौँले फिल्डिङ राजेपछि चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १६७ रन बनायो । १७८ रनको विजयी लक्ष्य पर्‍याउने क्रममा काठमाडौँले २० ओभरमा नौ विकेट गुमाएर १०७ रन मात्र बनायो ।

चितवनका लागि बाबर हयातले ७०, रोहन मुस्तफाले अविजित ५९ तथा आरिफ शेख र सन्नी पटेलले १५-१५ रन बनाए । बलिङतर्फ काठमाडौँका सुशन भारी, वसन्त रेग्मी र अमरसिंह रौतेलाले एक-एक विकेट लिए।  

यस्तै विजयी लक्ष्य पछ््याउने क्रममा काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्लले ४०, पवन सर्राफले २७ तथा पृथु बाँस्कोटाले १८ रन बनाए ।

बलिङतर्फ चितवनका सन्नी पटेलले तीन, रोहन मुस्तफाले दुई तथा करन केसी, भुवन कार्की, पारस खड्का र रामनरेश गिरीले एक-एक विकेट लिए। हारसँगै काठमाडौँ प्रतियोगिताबाट बाहिरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ