arrow

प्रधानमन्त्री ओलीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास

logo
प्रकाशित २०७३ वैशाख १ बुधबार
oli-new-pic.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका छन् । पोखरा उपमहानगरपालिका– १४, १५ र १८ वडास्थित छिनेडाँडामा रहने सो विमानस्थलले तीन हजार सात सय पैँतीस रोपनी जग्गा ओगट्ने छ । चीन सरकारको सहयोगमा बन्ने नेपालको सो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल चार वर्षभित्र निर्माण गरिने राष्ट्रिय गौरवको आयोजना हो । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र नेपाललाई विश्व समक्ष अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडेको छ । 
 
उक्त अवसरमा प्रधानमन्त्री ओलीले सो विमानस्थल निर्माण भएपछि पोखराको मात्र नभई समग्र नेपालको आर्थिक समृद्धिको ढोका खोलिने बताए । ओलीले निर्धारित समयमै विमानस्थल बन्ने दृढता पनि व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ