arrow

विराट कोहलीको त्यो ऐतिहासिक दिन

गौतम गम्भीरले दिए विराट कोहलीलाई उनको 'म्यान अफ दि म्याच' को अवार्ड

logo
प्रकाशित २०७६ पुष ८ मंगलबार
gautam-gambir-koholi.jpg

काठमाडौं ।  दाहिने हातका ब्याट्सम्यान विराट कोहली आज क्रिकेटका किंग मानिन्छन् । उनी एक समय नयाँ थिए जसरी अन्य खेलाडीहरु हुन्छन् ।  २००८ अगस्टमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका विराट कोहलीको लागि डिसेम्बर २४ विशेष र अविस्मरणीय दिन हो।

१८ अगस्ट २००८ मा एकदिवसीय क्रिकेटमा विराट कोहलीले मिडल अर्डरमा भारतीय टीमबाट खेल्ने अवसर पाइरहेका थिए। खेलमा धेरै पटक उनले आफ्नो शतक पूरा गर्ने सम्भावना थियो, तर कहिले उनी आउट भए, कहिले अन्य कुरा मिलेन । यद्यपि डेढ बर्षपछि २००९ को डिसेम्बर महिनामा विराट कोहलीले पहिलो शतक जित्ने अवसर मिल्यो ।

२४ डिसेम्बर २०१९ अर्थात् आजको दिन विराट कोहलीले श्रीलंकाबिरूद्ध ओडीआईमा पहिलो शतक बनाएका थिए । विरेन्द्र सेहवागको कप्तानीमा भारतीय टीमले श्रीलंकाबिरुद्द कोलकाताको इडन गार्डनमा भएको खेल शृंखलाको चौथो खेल थियो जसमा श्रीलंकाको टीमले उपुल थरंगाको शतक र कप्तान कुमार संगकाराको अर्धशतक गरि निर्धारित ५० ओभरमा ५ विकेट गुमाउदै ३१५ रनको विशाल स्कोर बनाएको थियो।

त्यस समयमा एकदिवसीय क्रिकेटमा ३०० रन भन्दा माथि स्कोर पर्याप्त मानिन्थ्यो। यस्तो अवस्थामा भारतीय टीम सीरीज जित्ने मनसायले मैदानमा उत्रियो। वीरेन्द्र सेहवाग र सचिन तेन्दुलकरले इनिङको सुरुवात गरे तर सेहवाग १३ रनमा आउट भए। यसपछि गौतम गम्भीर ब्याटिङगर्न आए, जबकि सचिन तेन्दुलकर ८ रन बनाएर बाहिरिए। यस्तो अवस्थामा विराट कोहलीले चौथो नम्बरमा ब्याटिङ आउनुपरेको थियो, किनभने एमएस धोनी यस खेलमा आएका थिएनन्।

बायाँ हातका ब्याट्सम्यान गौतम गम्भीरले विराट कोहलीसँग इनिंगको साझेदारी गरे। दुई बीच पहिले ५० , त्यसपछि १००, त्यसपछि १५० र २०० रन साझेदारी गरे। यसैबीच विराट कोहलीले आफ्नो अन्तर्राष्ट्रिय करियरको पहिलो शतक पूरा गरे। यद्यपि विराट कोहली ११४ बलमा १०७ रन बनाएर आउट भए, तर  गौतम गम्भीरले १५० रन बनाएर दिनेश कार्तिकसँग मिलेर भारतीय टीमलाई ७ विकेटको जित दिलाए।

पोष्ट म्याच प्रेजेन्टेशनमा रवि शास्त्रीले १५० को साझेदारी खेल्ने गौतम गम्भीरलाई 'म्यान अफ दि म्याच अवार्ड'का लागि छाने। गौतम पुरस्कार समारोहमा पुगेर रवि शास्त्रीलाई विराट कोहलीलाई बोलाउन र उनलाई 'म्याच अफ द म्याच' दिन आग्रह गरे । यसपछि रवि शास्त्रीले भने गौतम गम्भीरले यो 'म्यान अफ द म्याच पुरस्कार' विराट कोहलीले लिउन् भन्ने चहान्छन् । यसपछि विराट आएर एक लाख भारतीय रूपैयाँको चेक, एक ट्रफी र एक मोबाइल पाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ