arrow

सय बढी तालिवान लडाकूको मृत्यु

logo
प्रकाशित २०७६ पुष ९ बुधबार
taliban.jpg

काबुल । अफगानिस्तानमा सेनाले देशभर चलाएको सुरक्षा कारबाहीमा परी १०० भन्दा बढी तालिवान लडाकूको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् ।
कारबाहीबारे तालिवान समूहबाट कुनै प्रतिक्रिया आइसकेको छैन ।

सुरक्षाकर्मीले देशका विभिन्न १५ राज्यमा १८ स्थानमा विद्रोहीविरूद्ध कारबाही चलाएको सेनाले बताएको छ । उफगानिस्तानको रक्षा मन्त्रालयद्वारा मङ्गलबार जारी विज्ञप्तिमा भनिएको छ, “विगत २४ घण्टामा देशका विभिन्न १५ राज्यमा १८ स्थानमा विद्रोहीविरूद्ध सेनाले कारबाही चलाएको र ती घटनामा कम्तीमा १०९ लडाकू मारिएका छन् भने कम्तीमा ४५ जना घाइते भएका छन् । 

मन्त्रालयले लडाकू एउटै समूहका हुन् वा फरक फरक समूहका भन्ने प्रष्ट खुलाएको छैन । अफगानिस्तानमा हालै भएको निर्वाचनमा असरफ घानी निर्वाचित भएको प्रारम्भिक भनाइहरू आइरहेका समय सेनाले यति ठूलो सङ्ख्यामा लडाकूको मृत्यु हुनेगरी कारबाही चलाएको छ ।

अफगानिस्तानी तालिवान समूह र अमेरिकी प्रतिनिधिबीच स्थायी शान्ति वार्ताका लागि पहल भइरहेका समय पछिल्लो कारबाही भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ