arrow

८ पनि पास नगरेका २६ वर्षीय युवासँग ३५ अर्बको सम्पत्ति

logo
प्रकाशित २०७६ पुष ९ बुधबार
rich-boy.jpg

काठमाडौं । भनिन्छ मानिसमा आँट र सकारात्मक सोच हुन्छ भने उसका लागि विश्वको कुनै पनि काम मुश्किल हुँदैन । एक भारतीय युवाले यो कुराको पुष्टि गरेका छन् ।

त्रिशनित अरोडा नाम गरेका युवाले जीवनमा ८ कक्षा पनि पास गर्न सकेका थिएनन् तर अहिले उनी करोडौंको सम्पत्तिको मालिक बन्न पुगेका छन् ।

सानैदेखि पढाइमा खासै ध्यान नदिने त्रिशनितको कम्प्युटरमा भने लगाव थियो । यो बानी देखेर उनका आमाबाबुले पनि उनलाई हौसला प्रदान गरेका थिए । त्यसपछि उनलाई नयाँ कम्प्युटर ल्याएर दिइएको थियो ।

कम्प्युटर पाएसँगै त्रिशनितको जीवन बदलियो । कति गाह्रो पासवर्ड बनाए पनि उनका लागि बायाँ हातको खेल थियो ।

२० वर्षको उमेरबाट त्रिशनितले कम्प्युटर फिक्सिङ र सफ्टवेयर क्लिकिङको सानो प्रोजेक्ट्समा काम गर्न सुरु गरेका थिए ।

उनलाई पहिलो तलब नै करिब ९५ हजार मिलेको थियो । त्यससँगै उनले आफूलाई विस्तार गर्दै लगे । उनले आफ्नै एक कम्पनी खोल्ने सोच बनाए । २१ वर्षको उमेरमा उनले टीएसी सेक्युरिटी नामको एक कम्पनी स्थापना गरेका थिए। यसले नेटवर्किङलाई सुरक्षित गर्ने काम गथ्र्यो ।

अहिले भारतका सीबीआई, रिलायन्स, अमूल, गुजरात पुलिस र पञ्जाब पुलिसले पनि त्रिशनितको सेवा लिँदै आएका छन् ।

यद्यपि त्रिशनितले घरै बसेर १२ र बीसीएको पढाइ पूरा गरेका थिए । त्रिशनितले ह्याकिङबारे धेरै किताबहरु पनि लेखिसकेका छन् ।

अहिले उनको सम्पत्ति ३५ अर्बको हाराहारीमा रहेको छ । उनको कम्पनीलाई अर्ब डलरको सुरक्षा कम्पनी बनाउने योजना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ