arrow

अटल बिहारीसँग दिलिप कुमारको मित्रता, हप्काए पाकिस्तानी प्रधानमन्त्री

logo
प्रकाशित २०७६ पुष ९ बुधबार
dilip-atal-sarif.jpg

काठमाडौं ।  भारतीय पूर्व प्रधानमन्त्री एवं भारत रत्न स्वर्गीय अटल बिहारी वाजपेयीको बुधबार ९५ औँ जन्मदिन हो। वाजपेयीको जन्म २५ डिसेम्बर १९२४ मा भएको थियो। अटल बिहारी वाजपेयी एक त्यस्तो व्यक्ति हुन् जसको जीवन निर्विवाद नै रहेको छ।

उनको कार्यकालमा वाजपेयीमाथि कुनै पनि किसिमको व्यक्तिगत आरोप लगाइएको थिएन। राजनीतिमा हुनुको अलावा उनको साहित्य, कविता र चलचित्रहरूसँग पनि विशेष सम्बन्ध छ।

वाजपेयी अनुभवी अभिनेता दिलीप कुमारसँग धेरै नै नजिक थिए। दुबै आपसमा यति नजिक थिए कि दिलीप कुमारले अटल बिहारी वाजपेयीको लागि पाकिस्तानी प्रधानमन्त्रीलाई हप्काए पनि। यो घटना कारगिल युद्धको क्रममा हो।

पाकिस्तानका पूर्व मन्त्री खुर्शीद कसूरीले 'अण्डर हक नोर अ डोभ' पुस्तकमा लेखेका छन् - एक पटक अटल बिहारी वाजपेयीले पाकिस्तानको प्रधानमन्त्री नवाज शरीफलाई युद्ध अन्त्य गर्नको लागि फोन गरेका थिए र त्यसपछि अभिनेता दिलीप कुमारसँग उनको कुरा गराए । दिलीप कुमारको आवाज सुनेर नवाज चकित भएका थिए ।

फोनमा कुराकानीको क्रममा अटल बिहारी वाजपेयीले लाहोर भ्रमणको कुरा गर्दै शरीफको कारगिल युद्धको लागि निन्दा गरे। यसको लगत्तै वाजपेयीले दिलीप कुमारलाई फोन दिएर उनलाई नवाज शरीफसँग कुरा गर्न आग्रह गरे। दिलीप कुमारले नवाज शरीफलाई भने, 'मियां साहेब हामीले तपाईको पक्षबाट त्यस्तो आशा गरेका थिएनौं, किनकि तपाईले सधैं भन्नुभएको छ कि तपाई भारत र पाकिस्तान बीचमा शान्ति चाहनुहुन्छ। '

दिलीप कुमारले अटल बिहारी वाजपेयीको आग्रहमा नवाज शरीफसँग कुरा गर्दै भने, 'म तपाईंलाई एक भारतीय मुसलमानको रूपमा भन्न चाहन्छु कि पाकिस्तान र भारतको बीचमा तनावको स्थितिमा भारतीय मुस्लिमहरू असुरक्षित हुन्छन् र उनीहरूलाई घरबाट बाहिर निस्कन पनि गाह्रो लाग्छ। यसकारण परिस्थितिलाई नियन्त्रणमा राख्न केहि गर्नुहोस्।'

दिलीप कुमार पनि १९९७ मा वाजपेयीसँगै बसमा लाहोर गएका थिए। सोहि वर्ष पाकिस्तानले दिलीपलाई सर्वोच्च सम्मान 'निशान ई इम्तियाज' बाट सम्मानित गरेको थियो। आज पनि पाकिस्तानीहरु  दिलीप कुमारको फ्यान छन्। दिलीप कुमार मूल रूपमा पेशावर, पाकिस्तानका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ