arrow

तालिवानद्वारा २६ शान्ति अभियानकर्मीलाई अपहरण

logo
एपी,
प्रकाशित २०७६ पुष ९ बुधबार
afghanistan-map-geo.jpg

काबुल, अफगानिस्तान। तालिवान समूहले अफगानिस्तानमा शान्तिका लागि काम गरिरहेका २६ जना शान्ति अभियानका सदस्यलाई अपहरण गरेका प्रहरी प्रवक्ताले बताएका छन्। अफगानिस्तानको पश्चिम क्षेत्रमा पर्ने फारा प्रान्तको बालाबुलुकमा गोप्यरूपमा बसेको उनीहरूले अधिकारकर्मीहरू चढेका छ वटा गाडीलाई बाटोमा रोकी २६ जनालाई अज्ञात स्थलतर्फ लगेको प्रान्तीय प्रहरी प्रवक्ता मोहीबुलाह मोहिभले पुष्टि गरे।

तर अफगानी जनशान्ति अभियानका बसिमिल्लाह वातानदोस्तले आफ्नो समूहबाट २७ जना अपहरणमा परेको बताए। प्रहरीले अपहरणकारीलाई पछ्याउँदै शान्ति अभियानकर्मीको खोजी गरिरहेको बताएको छ। प्राप्त समाचार अनुसार अपहरणमा परेका ती न्यक्तिहरूले गाउँगाउँमा पुगी शान्तिका लागि स्थानीयको सहभागीतामा प्रदर्शन गर्दै हिँडेका थिए। फारामा सक्रिय तालिवान समूहले भने घटना सम्बन्धमा कुनै प्रतिक्रिया जनाएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ