arrow

जम्मू–कश्मीरमा गोलीबारी, सैन्य अधिकृतसहित दुईको मृत्यु

logo
प्रकाशित २०७६ पुष १० बिहिबार
jammu-kashmir-laddakh.jpeg

काठमाडौं । भारतको जम्मू–कश्मीरमा पाकिस्तानी सेनाले गोलीबारी गर्दा भारतीय सेनाका अधिकृतको ज्यान गएको छ । गोलीबारीमा एक महिलाको समेत ज्यान गएको छ । 

उरी क्षेत्र निकट नियन्त्रण रेखामा पाकिस्तानी सेनाले गोलीबारी गरेको हो । बुधबार बिहानदेखि गोलीबारी भएको थियो । जवाफमा भारतीय सेनाले पनि कार्वाही थालेको जनाएको छ । 

गत आइतबार पनि कश्मीरको नौशेरा क्षेत्रमा नियन्त्रण रेखामा पाकिस्तानले गोलीबारी गरेको थियो । 

बुधबार मृत्यु हुने महिलामा २२ वर्षीया नसिमा बेगम भएको भारतीय संचारमाध्यमहरुले लेखेका छन् । 

गत अगष्ट ५ मा भारतको केन्द्र सरकारले अनुच्छेद ३७० हटाएपछि पाकिस्तानले जम्मू–कश्मीरमा गोलीबारीको क्रम बढाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ