arrow

सलमानले परिवर्तन गरे जन्मदिनको योजना, कठालो समातेका शाहरुख अतिथि

logo
प्रकाशित २०७६ पुष १० बिहिबार
salman-saharukh.jpg

काठमाडौं । बलिउड स्टार सलमान खान शुक्रबार आफ्नो ५४ औँ जन्मदिन मनाउदै छन्। बलिउडका दबंग अभिनेता सलमान खानले आफ्नो जन्मदिन प्रायः निजी राख्थे, तर यस पटक भने जन्मदिनको योजना सार्वजनीक गरेका छन् ।

यसको कारण सलमानकी बहिनी अर्पिताले छिट्टै बच्चा जन्माउने बताइएको छ । यस्तो अवस्थामा सलमान खान आफ्नी बहिनीबाट टाढा हुन चाहँदैनन् र उनीसँगै बढी समय बिताउन चाहन्छन्।

सलमानको जन्मदिन पाहुनाहरूको सूचीमा शाहरुख खान, कट्रिना कैफ, डेभिड र वरुण धवन, कबीर खान र उनकी श्रीमती मिन्नी माथुर, र जैकलिन फर्नांडीज सामेल छन्। दबङ ३ को सफलताको मजा लिइरहेका  प्रभुदेवा, सोनाक्षी सिन्हा र साई मांजरेकर पनि पार्टीमा उपस्थित हुनेछन्। यस अघि सलमान आफ्नो जन्मदिन उनको पनवेल फार्महाउसमा मनाएका थिए ।

कुनै समय शाहरुख र सलमानको बीचमा कुराकानी बन्द भएको थियो । सन् २००२ मा सलमान र ऐश्वर्याको बीचमा दूरी बढ्न लागेको थियो । एकदिन यस्तैमा सलमानले सेटमा आएर आफ्नो बदमाशी शुरु गरेका थिए । शुरुमा चलते चलते फिल्ममा रानी मुखर्जीको स्थानमा ऐश्वर्या राय थिइन् ।

फिल्मसँग जोडिएका एक व्यक्तिका अनुसार करीब ४ घण्टासम्म सलमानले अवरोध जारी राखेका थिए । उनी ऐश्वर्यालाई उत्पीडन गरिरहेका थिए । शाहरुखले यो विषयलाई सुल्झाउने प्रयास गर्दा सलमानले उनको कठालो समातेका थिए । उनले यस विषयमा माफी पनि मागेनन् ।

यो घटनापछि शाहरुख र सलमानको बीचमा कुराकानी बन्द भएको थियो । त्यसै क्रममा सन् २००८ जुलाई १६ मा कटरिना कैफको जन्मदिनमा शाहरुख र सलमान दुवैलाई निमन्त्रणा दिइएको थियो । यो पार्टीमा पनि दुईजनाको बीचमा तनावको अवस्था सिर्जना भएको थियो । पार्टीमा यी दुईको बीचमा तनाव सिर्जना भएसँगै त्यहाँ उपस्थित अन्यले उनीहरुलाई सम्झाएका थिए ।

केही वर्षसम्म उनीहरु एकअर्काका कट्टर दुश्मन बनेर देखिए । यस्तैमा शाहरुखले मित्रताको हात अघि बढाए र सलमानले पनि त्यसलाई स्वीकार गरे । यस्तैमा एक पार्टीमा उनीहरुको पुनः भेट भएको थियो । यो पार्टीमा सलमानले पहल गर्दै शाहरुखसँग अंकमाल गरेका थिए । यहि क्रम अनुसार नै सलमानको ५४ औँ जन्मदिनमा शाहरुख मुख्य अतिथि बन्न लागेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ