arrow

जन्मदिनमा मामा बन्दै सलमान, अस्पताल नजिकै पार्टी

logo
प्रकाशित २०७६ पुष १० बिहिबार
salman-priyanka.jpg

काठमाडौं । बलिउड स्टार सलमान खानको ५४ औँ जन्मदिन अझ बिशेष हुने भएको छ । शुक्रबार ५४ औँ जन्मदिनमा सलमान मामा बन्दैछन्। उनकी बहिनि अर्पिताले बच्चा पाउन लागेकी छन् । डाक्टरहरूका अनुसार सलमान खानको जन्मदिनमा नै बच्चाले आँखा खोल्नेछन्। यसकारण, सलमानले यस पटक आफ्नो जन्मदिन पनवेलमा आफ्नो फार्म हाउसको सट्टा अर्पिताको डिलिभरी अस्पताल नजिकै भाई सोहेल खानको घरमा मनाउने छन।

बलिउडका दबंग अभिनेता सलमान खानले आफ्नो जन्मदिन प्रायः निजी राख्थे, तर यस पटक भने जन्मदिनको योजना सार्वजनीक गरेर सबैलाई चकित पारेका छन् । यसको कारण सलमानकी बहिनी अर्पिताले छिट्टै बच्चा जन्माउने बताइएको छ । यस्तो अवस्थामा सलमान खान आफ्नी बहिनीबाट टाढा हुन चाहँदैनन् र उनीसँगै बढी समय बिताउन चाहन्छन्।

सलमानले यस बर्ष  केही व्यवसायीक र व्यक्तिगत कारण यस्तो योजना बनाएका हुन् । सलमान ईद २०२० मा रिलीज हुने आफ्नो फिल्म राधेको शूटिंगमा व्यस्त छन्। अर्पिताले २७  डिसेम्बरमा हिन्दुजा हेल्थकेयर सर्जिकलमा सी-सेक्शन डेलिभरी हुने भएको छ । उनी आफ्नो भविष्यको बच्चालाई आफ्नो जन्मदिन सलमानसँग बाँड्न पनि चाहन्छिन्। त्यसकारण परिवारले यो विशेष दिनलाई पाली हिल निवासमा धूमधाम का साथमनाउने योजना बनाएका छन्।'

सलमानको जन्मदिन पाहुनाहरूको सूचीमा शाहरुख खान, कट्रिना कैफ, डेभिड र वरुण धवन, कबीर खान र उनकी श्रीमती मिन्नी माथुर, र जैकलिन फर्नांडीज सामेल छन्। दबङ ३ को सफलताको मजा लिइरहेका  प्रभुदेवा, सोनाक्षी सिन्हा र साई मांजरेकर पनि पार्टीमा उपस्थित हुनेछन्। यस अघि सलमान आफ्नो जन्मदिन उनको पनवेल फार्महाउसमा मनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ