arrow

पाकिस्तान कालोसूचीमा पर्ने खतरा

logo
प्रकाशित २०७६ पुष १० बिहिबार
pakistan-flag.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफको रिपोर्टका अनुसार पाकिस्तान फाइनान्सियल एक्सन टास्क फोर्स एफ्एटीएफको कालो सूचीमा राख्ने ठूलो खतरा रहेको छ  

यस्तो भएका खण्डमा पाकिस्तानमा बाहिरबाट कुनै पनि सहयोग पूँजी पुग्ने छैन । यसमा ठूलो असर पर्न सक्ने दावी गरिएको छ ।

अमेरिकाको वासिंगटन डीसीमा मुख्यालय रहेको आइएमएफको रिपोर्टमा पाकिस्तानमा पूँजी जान बन्द हुने आँकलन गरिएको छ भने बाहिरबाट हुने सहयोग पनि रोकिने छ । 

फ्रान्सको पेरिसमा मुख्यालय रहेको एफएटिएफको खैरो सूचीबाट फेब्रुअरी २०२० सम्म बाहिर निस्कनका लागि पाकिस्तानले निकै मेहनत गरिरहेको छ । 

एफएटिएफले आतंकवादी गतिविधिमा मिल्ने रकममाथि नजर राख्ने ग्लोबल पहरेदारीको काम गर्दछ । 

अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले पनि पाकिस्तानले यदिन एफएटीएफलाई सन्तुष्ट राख्ने काममा असफल भयो भने कालो सूचीमा आउन कसैले रोक्न नसक्ने बताएको छ । यदि यस्तो भयो भने पाकिस्तान नराम्ररी फस्नेछ । 

गत जुलाईदेखि सेप्टेम्बरसम्मको तीन महिनामा पाकिस्तानको स्थिति ठीक छैन । एसियन प्यासिफिक ग्रुप एपीजीले पाकिस्तानको मूल्यांकन रिपोर्टको समीक्षा गरेको छ । एपीजीले पाकिस्तानको कोशिस पर्याप्त नभएको बताएको छ । 

विभिन्न अन्तर्राष्ट्रिय माध्यमहरुका अनुसार पाकिस्तानलाई बचाउन चीन लागे पनि अब सक्ने अवस्था नदेखिएको पनि रिपोर्टमा उल्लेख गरिएको छ । 

चीनकै कारण यो अवस्थासम्म पाकिस्तानले आउनु परेको दावीसमेत गरिएको छ । पाकिस्तानले २७ सुत्रीय कार्ययोजनालाई पूरा गर्ने तथा लागु गर्ने मामलामा सफल भएको छैन । 

यसकारण आइएमएफलाई जुन २०२० सम्म आफ्नो कार्यक्रमको शर्तलाई नयाँ शिराबाट गर्न गर्न वाध्य भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ