arrow

आईपिएल: कोलकातालाई उसकै घरमा हरायो मुम्बईले

logo
प्रकाशित २०७३ वैशाख १ बुधबार
IPL_Mumbai_kolkata.jpg.jpeg
काठमाडौं। गत बर्षको बिजेता मुम्बई ईण्डियन्सले शाहरुख खानको टिम कोलकाता नाईटराईडर्सलाई ६ विकेटले पराजित गरेको छ। 
 
पहिले ब्याटइङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा  १८७ रन बनाएको थियो। कप्तान गौतम गंभिरले ६४ रन बनाएका थिए भने मनिष पाण्डेले २९ बलमा ५२ रनको योगदान दिएका थिए। 
 
आण्द्रे रसेलले १७ बलमा ४ छक्का र १ चौकाको मदतले ३६ रन बनाएका थिए। मुम्बईकालागि मिचेल मक्लेघनले २ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको मुम्बईले १९.१ ओभरमा १८८ रन बनाउँदै पहिलो जीत निकालेको हो। कप्तान रोहित शर्माले ८४* रन बनाएका थिए। जोस बटलरले ४१ रनको योगदान दिएका थिए। 
 
टस जितेर कोलकातालाई ब्याटिङको निम्तो दिएका कप्तान रोहित शर्माले नट आउट ८४ रन बनाउँदै आफ्नो निर्णय सहि रहेको साबित गरेका थिए।
 
कोलकातालाई उसकै घरेलु मैदानमा पराजित गर्नु मुम्बईकालागि ठुलो उपल्ब्धि रहेको छ।गत बर्षको बिजेता मुम्बईले आफ्नो साख जोगाईराख्न निरन्तर यही फर्म देखाउनु पर्ने छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ