arrow

भारतीय सेना प्रमुखले पोखे हिंसा गर्नेमाथि आक्रोश

logo
प्रकाशित २०७६ पुष ११ शुक्रबार
bipin-rawat-759.jpg

काठमाडौं । भारतीय सेना प्रमुख बिपिन रावतले नागरिकता संशोधन कानुन सीएएको विरुद्धको प्रदर्शनमा हिंसा भएको प्रति आपत्ति जनाएका छन् ।

उनले बिहीबार नयाँ दिल्लीमा भएको कार्यक्रममा बोल्दै प्रदर्शनमा विद्यार्थीहरु सामेल भएर विश्वविद्यालय तथा कलेजमा हिंसा र आगजनी गर्नेहरु नेता  हुन नसक्ने स्पष्ट पारे । 

नेतृत्वले तपाईलाई सही दिशा देखाउने काम गर्ने भन्दै उनले सीएए र एनआरसीको विरुद्धमा पछिल्ला दिनहरुमा असममा छात्र युनियन सडकमा उत्रिएको प्रति आपत्ति जनाए । त्यस्तै दिल्लीको जामिया र अलिगढ मुस्लिम विश्वविद्यालयमा विद्यार्थीले उग्र प्रदर्शन गरेका थिए । 

३१ डिसेम्बरमा सेवा निवृत्त हुँदै गरेका रावतले ‘नेता त्यो हैन जसले मानिसलाई भड्काउने काम गर्छ । हामीले देखेका छौ कि ठूलो संख्यामा विश्वविद्यालय र कलेजका विद्यार्थीहरु आगजनी र हिंश्रक प्रदर्शनका लागि भीडको हिस्सा बनिरहेका छन् । 

यो भीडलाई एक नेतृत्व दिइन्छ तर सही अर्थमा यो नेतृत्व हैन । यसमा थुप्रै प्रकारका चिज चाहिन्छन् । जब तपाई अगाडि बढ्नु हुन्छ तब बाँकी सबैले तपाईको अनुशरण गर्छन् । यो त्यति सहज छैन ।’
सेना प्रमुख रावतको बयानमाथि प्रतिक्रिया दिँदै एआईएमआईएमका प्रमुख असुद्दीन ओन्वेसीले आफ्नो कार्यालयको सीमाको जान्नु पनि नेतृत्व भएको बताए । 

उनले भने, ‘नेतृत्व त्यही हो जसले नागरिकतालाई उच्च स्थानमा राख्छ र त्यही संस्थाको अखण्डतालाई कायम राखोस् जसले तपाई अगुवाई गरिरहनु भएको छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ