arrow

सय जना सवार जहाज दुर्घटनाग्रस्त  

logo
प्रकाशित २०७६ पुष ११ शुक्रबार
kajakhastan1.jpg

काठमाडौं । काजखस्तानमा बेक एयरको विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

एक सय जना सवार रहेको उक्त विमान आल्माटी एयरपोर्टबाट उडान भरे लगत्तै शुक्रबार बिहान दुर्घटनामा परेको हो । 

रोयटर्सका संवाददातालाई उधृत गर्दै बीबीसीले बताए अनुसार खराव मौसमका कारण दुर्घटना भएको हो । उडानका समयमा त्यहाँ भारी हुस्सू रहेको थियो ।

एयरपोर्टले बाँचेकाहरु धेरै रहेको बताएको छ ।

दुर्घटनाको कारण अझै खुलेको छैन । 

विमान आल्माटीबाट ओनुर सुल्तान जाँदैथियो ।

विस्तृत विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ