arrow

जसले दिल्ली अशान्त बनायो अब दण्ड दिने समय आयो – अमित शाह

logo
प्रकाशित २०७६ पुष ११ शुक्रबार
ameet-shah1.jpg

काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहले राजधानी नयाँ दिल्लीलाई अशान्त पार्ने समूहलाई दण्ड दिने समय आएको बताएका छन् ।

बिहीबार दिल्लीमा भएको कार्यक्रममा बोल्दै प्रतिपक्षी दल कांग्रेस पार्टीको नेतृत्वमा जुन समूहले दिल्लीलाई अशान्त पार्यो त्यसलाई कार्वाही गर्ने शाहले बताए । 

उनले दिल्लीका जनताले नै कांग्रेसलाई दण्ड दिनुपर्ने बताए । उनले भने, ‘नागरिकता संशोधनबिलमा जब संसदमा चर्चा भयो तब कसैले केही बोलेन । सबै चुप थिए । यता उताका कुरा गरिरहेका थिए । बाहिर निस्कनासाथ भ्रम फैलाउन सुरु गरे र दिल्लीलाई अशान्त पारे ।’

शाहले भने, ‘मोदीजीले सबैलाई संस्कृति पछ्याउन वाध्य पार्नुभयो तर दिल्लीका मुख्यमन्त्री केजरीवाल यस्ता हुनुहुन्छ कि जसले नयाँ नयाँ चिज गर्नुहुन्छ । उहाँले नयाँ सुरुवात गर्नुभयो । सोच्नु पनि किन, बजेट पनि किन दिन, कसैले गरेको काममा आफ्नो नामको ठप्पा लगाउनु ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ