arrow

सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगित

logo
रासस,
प्रकाशित २०७६ पुष ११ शुक्रबार
parliament1.png

काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी यही पुस १६ गते सम्मका लागि स्थगन भएको छ । आज दिउँसो १ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको सङ्घीय संसद् सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ ।
 
सूचनामा नेपालको संविधानको धारा ९१ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्ने उपसभामुखले प्रतिनिधिसभा नियमावलीबमोजिम अर्को बैठक निर्धारण गरेको जनाइएको छ ।

 संसद् सचिवालयमा कार्यरत एक महिलामाथि यौन दुव्र्यवहारको अभियोग लागेसँगै तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १५ गते पदबाट राजीनामा दिएपछि सभामुख पद हाल रिक्त  छ । सङ्घीय संसद्को हिउँदे अधिवेशन पुस ४ गते प्रारम्भ भएको थियो ।
 
उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले विधेयक अधिवेशनको पहिलो  दिनको बैठकको अध्यक्षता गरेकी थिइन्। नेपालको संसदीय  इतिहासमा उपसभामुखले अध्यक्षता गरेर अधिवेशनको प्रारम्भ गरेको सम्भवतः यो पहिलो घटना हो ।

अधिवेशनमा यसअघिका २७ विधेयकमाथि कारवाही प्रक्रिया अघि बढाइने सचिवालयले जनाएको छ । सचिवालयमा दर्ता भई वितरण भएका १०, संसदीय समितिमा विचाराधीन १५ र प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइएका दुई विधेयक कारवाहीको प्रक्रियामा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ