arrow

काजकिस्तानमा विमान दुर्घटना, कम्तीमा चौधको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७६ पुष ११ शुक्रबार
kazakhstan-plane-crash.jpg

नुर सुल्तान। काजकिस्तानमा शुक्रबार बिहान भएको विमान दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ। काजख एललाईन्सको विमान करिब १ सय जनालाई लिएर उडेको थियो। उडेको केहीबेरमै दुर्घटना भएको अधिकारीहरुले जनाएका छन्। 

अलमाटी इन्टरनेशनल विमानस्थलले जारी गरेको वक्तव्यका अनुसार घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको छ। घटनास्थलबाट उद्धार गरिएका मध्ये २० जनालाई अस्पताल भर्ना गरिसकिएको छ भने अरुको खोजी तथा उद्धार भइरहेको छ।

यस दुर्घटनामा परेका ६० जनालाई जीवितै उद्धार गरी अस्पताल लगिएको छ। तिनमध्ये केही बालबालिका पनि छन्। विमान अलमाटी शहरबाट राजधानी सहर नुर सुल्तानतर्फ उडेको थियो। स्थानीय समयानुसार बिहान ७:०५ बजे विमान उडेको र ७.२२ मा दुर्घटना भएको जनाइएको छ।

उडेको केहीबेरमै विमान दुई तले भवनमा ठोक्किएपनि आगलागी भने नभएको अधिकारीहरुले बताएका छन्। आगो नलागेकाले धेरै यात्रु जिवितै रहेका छन्।

दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गर्ने अधिकारीहरुले जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ