arrow

टुकी बालेर बसेका गरिवको घरमा नगरपालिकाले जोड्दियो विद्युत

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ पुष ११ शुक्रबार
light.jpeg

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर नौ साङ्लियामा रहेको एक विपन्न परिवारलाई गल्याङ नगरपालिकाले विद्युत जडान गरिदिएको छ । स्थानीय मनमाया दमाईको घरमा पुगेर नगरपालिका उपप्रमुख देविसरा थापामगरको नेतृत्वमा विद्युत जडान गरिएको हो ।

आर्थिक विपन्न भएका स्थानीय भिमबहादुर दमाईको करीब तीन महिना अगाडी निधन भएपछि परिवारको अवस्था दयनीय हुदै आएको थियो । दमाईको निधन भएको सातौं दिनमा घरमा पुगेर नगरपालिकाको तर्फबाट राहत हस्तान्तरण गरिएको थियो । सो अवसरमा नगरपालिका उपप्रमुख देविसरा थापाले गरेको प्रतिबद्वता अनुसार विद्युत जडान गरिएको हो । आर्थिक कमजोर भएकै कारण बिजुली जडान गर्न नसकेका दमाई परिवार टुकीको सहारमा बस्दै आएका थिए ।

बुटवल पावर कम्पनीका प्राविधिकलाइ लिएर नगर उपप्रमुख थापा, वडा नम्बर ११ का वडा सदस्य गोपाल भण्डारी, स्थानीय अमरबहादुर विक तथा परशुराम अर्याल दमाईको घरमा पुगेर विद्युत जडान भएको नगरपालिकाले जनाएको छ । विद्युत जडानले आफुहरुलाई निकै राहत मिलेको मुकेश परियारले बताए । अब घरमा बाटो पुर्‍याउन र खानेपानीको व्यवस्थाका लागि पनि सहयोग गर्न नगरपालिका सगँ परियारले आग्रह गरे ।

 ‘देवलडाँडा बुटे दमाई’ को नामबाट परिचित भिमबहादुर दमाईले साङ्लीया र आसपासका क्षेत्रमा हलो, जुवा सहितका कृषि औजार निर्माण गर्ने र जोत्ने काम गर्दै परिवार पाल्दै आएका थिए । भिमबहादुरको मृत्यु सगै परिवार आर्थिक सवलमा निकै कमजोर बन्दै आएपछि नगरपालिकाले सहयोग गर्दै आएको छ । नगर उपप्रमुख थापाले आवश्यक सहयोगमा नगरपालिकाले व्यवस्थापन गर्ने प्रतिबद्वता जनाइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ