arrow

सलमानलाई क्रिकेटर बनाउन चाहान्थे सलिम

logo
प्रकाशित २०७६ पुष ११ शुक्रबार
salim-salman2.jpg

 एजेन्सी । बलिउड सुपरस्टार तथा भाइजान सलमान खानले आफ्नो ५४ औँ जन्मदिन घरपरिवार र साथीसँग भव्यरुपमा  मनाएका छन् । उनले आफ्नो जन्मदिनको तस्बिर र भिडियो सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन् । उक्त तस्बिर र भिडियोले आज सामाजिक सञजालमा निकै चर्चा बटुलेको छ । भिडियोमा सलमानले आफ्नो भतिजालाई काखमा राखेर केक काटिरहेको देख्न सकिन्छ ।

भिडियोमा सलमान आफ्नो परिवारका साथ घेरिएका छन् । जन्मदिनको पार्टी सलमानका भाई सोहेलले आयोजना गरेका थिए । उक्त पार्टी बलिउडका चर्चित कलाकारहरु उपस्थित भएका थिए । तर कुनै समय सलमान खानललाई बुवा सलीम खानले क्रिकेटर बनाउन चाहेका थिए । साथै  उनले बुवाले देशको लागि  क्रिकेट खेलेको हेर्न चाहेको पनि बताए ।
 
 सलीमले सो समयका चर्चित भारतिय  क्रिकेटर सलीम दुर्रानीलाई सलमानको कोचको रुपमा हायर गरेका थिए । सलमानले सो कुराको खुलासा टेनिस स्टार सानिया मिर्जाको आटोबायोग्राफी 'ऐस अगेन्स्ट आड्स'को विमोचनका अवसरमा गरेका थिए ।
 
दुर्रानी त्यस समय दर्शकको डिमाण्डमा छक्का हान्न सक्ने क्रिकेटरका रुपमा परिचित थिए ।  सलमान भन्छन्, ' कोच दुर्रानीले बुवा सलिमसँग क्रिकेटमा मेरो भविष्य राम्रो रहेको बताएका थिए ।' सलमानले अन्त्यमा आफु बिहान ५ बजे उठेर अभ्यासको लागि मैदान जान नसकेको कारण आफु क्रिकेटर बन्न नसकेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ