arrow

जम्मू–कश्मीरको कारगिलमा चल्यो इन्टरनेट

logo
प्रकाशित २०७६ पुष ११ शुक्रबार
internet-.jpg

काठमाडौं । जम्मू–कश्मीरको कारगिलमा १४५ दिनपछि इन्टरनेट चलेको छ । शुक्रबार मोबाइल इन्टरनेट सेवा चालु गरिएको हो । अधिकारीहरुका अनुसार कारगिलमा पछिल्लो चार महिनामा कुनै अप्रिय घटना भएको छैन । 

अधिकारीहरुले स्थानीय नेताहरुलाई अनुरोध गर्दै इन्टरनेटको दुरुपयोग नगर्न आग्रह गरेका छन् । त्यहाँ ब्राण्डब्यान्ड सेवा पहिलेदेखि नै चालु रहेको थियो । 

गत अक्टुबरमा सरकारले बीएसएनएलको पोष्टपेड सेवा चालु गरिदिएको थियो । अझै पनि घाटीका केही स्थानमा मोवाइल इन्टरनेट सेवामा प्रतिवन्ध लगाइएको छ । 

५ अगष्टमा जम्मू–कश्मीरमा अनुच्छेद ३७० निष्प्रभावी भएपछि इन्टरनेट सेवामा प्रतिवन्ध लगाइएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ