arrow

भारतीय सेनाले जवाफी कार्वाहीमा मार्यो विपक्षी चार सेनालाई 

logo
प्रकाशित २०७६ पुष ११ शुक्रबार
kashmir-security.jpg

काठमाडौं । पाकिस्तानले लगातार जम्मू–कश्मीरमा नियन्त्रण रेखा (एलओसी) मा संघर्षविरामको उल्लंघन गर्दै फेरि गोलीबारी गरेको छ । 

बिहीबार राति भएको उल्लंघनपछि राजौरी क्षेत्रमा भएको गोलीबारीपछि भारतीय सेनाले जवाफी कार्वाहीमा चार जना पाकिस्तानी सेनालाई मारेको जनाएको छ । 

पाकिस्तानी सरकारले बुधबार भारतको गोलीबारीमा पीओकेको देवा सेक्टरमा आफ्ना दुई सेनाको मृत्यु भएको स्वीकारेको थियो । 

यो कार्वाही उरी क्षेत्रमा संघर्ष विराम उल्लंघन पछि भएको थियो । जहाँ एक सेनाका सुवेदा र एक महिलाको मृत्यु भएको थियो । 

भारतको केन्द्र सरकारले ५ अगष्टमा जम्मू–कश्मीरमा अनुच्छेद ३७० निष्प्रभावी बनाएपछि पाकिस्तानी सेनाले युद्धविराम उल्लंघन गर्दै आएको छ । 

अगष्ट ५ बढी पाकिस्तानका तर्फबाट घटना बढ्दै गएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ