arrow

नाइजिरियामा ‘११ इसाई बन्धकहरूको क्रुरतापूर्ण हत्या’

logo
एएफपी,
प्रकाशित २०७६ पुष १२ शनिबार
isis-nigeria.jpg

कानो,नाइजेरिया। जिहादी समूह इस्लामिक स्टेट (आईएस) ले नाइजिरियामा ११ जना इसाई धर्मावलम्बीको क्रुरतापूर्ण हत्या गरेको छ। हत्यालाई पुष्टि गर्नेगरी सो समूहले बिहीबार एउटा भिडियो सार्वजनिक गरेको छ। आईएसले त्यसलाई अक्टोबरमा सिरियामा भएको आफ्ना नेता र प्रवक्ता मारिएको घटनाको बदला अभियानको एउटा घटना भएको बताएको छ।

भिडिओमा देखाइएका पीडितहरूबारे विस्तृत जानकारी दिइएको छैन। आईएसको ‘समाचार संस्था’ अमाकले उत्पादन गरेको ५६ सेकेन्ड लामो भिडियोमा देखाइएका ती सबै पुरुष छन्। आईएसले उनीहरू नाइजिरियाको उत्तरपूर्वी राज्य बोर्नोबाट केही हप्ताअघि नियन्त्रणमा लिइएको जनाएको छ। भिडियो बिहीबार सार्वजनिक भएको हो। विश्लेषकहरूले स्पष्ट रूपमा क्रिस्मस उत्सवसँग भिडियो सार्वजनिक गर्ने समय मिलाइएको देखिएको बताएका छन्।

उक्त भिडियो ठेगाना नखुलाइएको खुला इलाकामा खिचिएको छ। जसमा एक बन्धकलाई गोली हानिएको छ भने अन्य १० जनालाई भुइँमा सुताएर उनीहरूलाई धारिलो हतियारद्वारा शीर छेदन गरिएको छ। आईएसका पूर्वनेता अबु बकर अल बग्दादी र प्रवक्ता अबुल हसन अल मुहाजिर अक्टोबर महिनाको अन्त्यतिर सिरियामा मारिएको करिब दुई महिनापछि डिसेम्बर २२ तारिखमा आईएसले उनीहरूको मृत्युको ’प्रतिशोध’ नयाँ सैन्य अभियान घोषणा गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ