arrow

मुशर्रफद्वारा लाहोर उच्च अदालतमा पुनरावेदन

logo
एएनआई,
प्रकाशित २०७६ पुष १२ शनिबार
pervez-musharraf.jpg

इस्लामावाद, पाकिस्तान। पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफले विशेष अदालतको फैसलाविरूद्ध शुक्रबार लाहोर उच्च अदालतमा मुद्दा पुनरालोकनका लागि निवेदन दर्ता गरेका छन्। उनलाई विशेष अदालतले यही डिसेम्बर १९ मा पाकिस्तानको संविधानको धारा ६ अनुसार देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको थियो। पूर्व सैनिक शासक मुशर्रफले आफूमाथि प्रतिशोधका कारण उक्त फैसला आएको धारणा आफ्ना वकीलमार्फत् यस पहिले नै राखेका थिए।

पाकिस्तानी इतिहासमा सैनिक प्रमुखका हैसियतमा काम गरिसकेका कुनै व्यक्तिमाथि देशद्रोह अभियोग अदालतबाट पुष्टि भएको यो पहिलो घटना हो। पूर्व सैनिक प्रमुखले आफ्ना कानूनी सल्लाहकारसमेत रहेका अधिवक्ता अजहर सिद्दिकीमार्फत ८६ पाना लामो निवेदन दर्ता गरेका थिए।

निवेदनमाथि सुनुवाईका लागि न्यायाधीश मजाहिर अलि अक्बर नाक्वीको नेतृत्वमा आगामी जनवरी ९ मा इजलास हुनेछ। निवेदनमा विशेष अदालतको फैसलामा ‘असङ्गतपूर्ण र विरोधाभाषपूर्ण’ भनाइहरू आएको बताइएको छ।

निवेदनमा मुशर्रफमाथि लागेको अभियोगमाथि सुनुवाईका लागि अपराध कार्यविधि ऐनको ३४२ भागलाई पृथक राखी मृत्युदण्ड दिइएको भनी विशेष अदालतको आदेश त्रुटिपूर्ण रहेको उल्लेख गरिएको छ।

मुशर्रफविरूद्ध सन् २००७ को नोभेम्बर ३ मा पाकिस्तानी सविधानलाई डिसेम्बर १५ सम्म निलम्वन गरी पाकिस्तानमा सङ्कटकाल लगाएको र उक्त घटना पाकिस्तानी कानून अनुसार देशद्रोही भएको दावीसहित सन् २०१३ मा अभियोग दर्ता गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ