arrow

स्याङ्जामा ल्होसार पर्व शुरु, सबै चाडपर्वलाई साझा बनाउन आवश्यक

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ पुष १२ शनिबार
tamu-losar-syanja.gif

स्याङ्जा। बहु साँस्कृतिक र विविधताले भरिएको देश नेपाल हो । कुनै जातजातीको बाहुल्यता नभएको देश नेपाल हो । हरेक जातजातीको धर्म, चाडपर्व मनाउने देश पनि नेपाल हो । यहि देशमा अहिले गुरुङ् समुदायको चाड तमु ल्होसार नजिकिदै छ । हरेक बर्षको पुष १५ गते देशभरका गुरुङ् समुदायले तमु ल्होसार तथा शुभकामना आदनप्रदान गर्दै मनाउँदै आएका छन् ।

यसै अवसरमा तमु ह्रयुला छोजधी गुरुङ् राष्ट्रिय परिषद जिल्ला कार्यसमिति स्याङ्जाले पनि तमु ल्होसारको अबसर पारेर शुभकामना आदनप्रदान सम्पन्न गरेको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्को प्रमुख आथित्यतामा आयोजना भएको तमु ल्होसार २०७६ को शुभकामना आदान प्रदान कार्यक्रममा गुरुङ् समुदायका प्रतिनिधीहरुले सरकारको अनुकुलता अनुसार बिदा दिने प्रचलनको अन्त्य गर्दै सबै जातजातीको चाडपर्वको सम्मानमा दिदै आएको विदा कटौतीले दुखित तुल्याएको बताए। 

कार्यक्रममा प्रजिअ कुरुम्बाङ्ले नेपालमा जुनसुकै जातजातीले मनाउदै आएको चाडपर्व र संस्कृतिलाई साझा बनाउन आवश्यक रहेको औल्याए । मुलुकमा एकअर्काको चाडपर्व र संस्कृतिलाई साझा बनाउँदा एकताको सन्देश दिने उल्लेख गर्दै प्रजिअ कुरुम्बाङ्ले भने, “सबैले सबै जातजातीको चाडपर्व, रितिरिवाज मान्न पाउने विकास हुन सक्यो भने बलियो राष्ट्र बन्छ ।”

शुभकामना आदनप्रदान कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदी, परिषदका केन्द्रिय सदस्य मिनबहादुर गुरुङ, गण्डकी प्रदेशका पदमराज गुरुङ, सोनी गुरुङ्, जनजाती महासंघ स्याङ्जाका अध्यक्ष जुमकाजी गुरुङ्, तमु सेवा इकाईका भोजराज गुरुङ, यामबहादुर गुरुङ लगायतका बक्ताहरुले धर्म संस्कृतिको संरक्षण गर्दै तमु ल्होसारको शुभकामना दिएका थिए ।

गएको बर्ष सरकारसगँ भएको सम्झौता अनुसार पुष १५ गते देशभर सार्वजनिक बिदा दिन समुदायले माग गरेको छ। मृग वर्गको बिदाई, मुसा वर्गको स्वागत गर्दै नेपालभरका गुरुङ समुदायले तमु ल्होसार मनाउदै छन् । गुरुङ् समुदायको बसोवास रहेको क्षेत्रमा विविध कार्यक्रम गरी स्याङ्जामा तमु ल्होसार २०७६ मनाईरहेका छन् । जिल्ला अध्यक्ष रवि गुरुङको सभापतित्वमा सम्पन्न भएको शुभकामना आदानप्रदान कार्यक्रमको संचालन टिकाराज गुरुङ् र स्वागत सोमबहादुर गुरुङ्ले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ