arrow

युएईमा वनभोज 

logo
सचिन्द्र श्रेष्ठ,
प्रकाशित २०७६ पुष १३ आइतबार

दुबई । पर्वत सेवा समाज युएईले अंग्रेजी नयाँ बर्ष २०२० को अवसर पारेर शुक्रवार दुबईस्थित मुशरिफ पार्कमा भब्यताका साथ वनभोज तथा सांस्कृतिक कार्यक्रम गरेको छ । 

एक आपसमा समझदारी, भाइचारा साथै बसन्त ऋतुको आगमनमा हर्षउल्लास सदैब कायम रहोस्, नयाँ बर्षको शुभकामना साटासाट, वन्धुत्व भावना कायम प्रगाढ होस् भन्ने उद्देश्यका साथ पारिवारिक जमघट, भेटघाट हुने भएकोले वनभोजको आयोजना गरिएको समाजका अध्यक्ष सरोज जीसीले बताए । 

उक्त वनभोज कार्यक्रममा आदर्श कास्की समाज, स्याङ्जा समाज, ब्यापारी, बिभिन्न तह र तप्काका विशिष्ट ब्यक्तित्व, पत्रकार साथै स्थानीय कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

विगतमा पर्वत जिल्लालाई बिभिन्न राहत, सिप मूलक तालिम,आर्थिक,सास्कृतिक सहयोग गर्दै गरेको र आगामी दिनमा अझै पर्बत जिल्लालाई पर्यटन मार्फ़त देश विदेशमा चिनाउन सो समाजले अग्रणी भूमिका खेल्नु पर्नेमा समाज का पूर्ब अध्यक्ष राजेन्द्र अधिकारीले बताए । 

सांस्कृतिक कार्यक्रम नाचगान, रमाइलो खेल,मिष्ठान्न परिकारका साथ कार्यक्रम सम्पन्न गरिएको समाजको कार्यक्रम मात्र नरही अहिले युएईका बिभिन्न सहरमा संघ, सस्था, क्लबले  बनभोज को आयोजना गर्ने लहर नै छाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ