arrow

'एमएसएन'को जादु नचलेपछि बार्सिलोना बाहिरियो, बायर्न पनि सेमीफाईनलमा

३-२ गोलको अग्रता लिंदै एथलेटिको सेमीफाईनल प्रवेश

logo
प्रकाशित २०७३ वैशाख २ बिहिबार
Athletico_Barca.jpg.jpeg
काठमाडौं। विश्वका चर्चित ३ अग्रपंक्ति खेलाडी मेस्सी, स्वारेज र नेमार (एमएसएन) ले सुसज्जित बार्सिलोना च्याम्पियन्स लीगको क्वार्टरफाईनलबाट बाहिरिएको छ। 
 
एमएसएनको जादु चल्न नसकेपछि पहिलो लेगमा एथलेटिको बिरुद्ध अग्रता  लिएको बार्सिलोनाले दोस्रो लेगमा एथलेटिको मड्रिडलाई रोक्न सकेन। एथलेटिकोलाई रोक्ने क्रममा नेयमार र स्वारेजले पहेंलो कार्ड पाएका थिए। 
 
पहिलो लेगमा २-१को अग्रता लिएको बार्साले आफ्नो अग्रता कायम राख्न नसकेपछि दोस्रो लेगमा २-० गोलको हार ब्योहोरेको थियो। कुलमा ३-२ गोलको अग्रता लिंदै एथलेटिको सेमीफाईनल प्रवेश गरेको हो। 
 
एन्टोली ग्रेजम्यानको २ गोल मदतले एथलेटिकोले बार्सालाई पाखा लगाएको हो। खेलको ३६औं मिनेटमा गोल गर्दै उनले एथलेटिकोलाई १-०को अग्रता दिलाएका थिए। 
 
खेलको ८८औं मिनेटमा बार्साका खेलाडी ईनेष्टाले बललाई रोक्ने प्रयासमा भएको फाउलमा पेनाल्टी मार्फत गोल गर्दै ग्रिजम्यानले २-०को अग्रता दिलाएका थिए। त्यही अग्रता अन्तमा एथलेटिकोकालागि जीतको शुत्र हुन पुगेको थियो।
 
बार्साका स्टारहरुले केही राम्रा प्रयास गरेका थिए जुन गोलमा परिणत हुन सकेन। मेसीले खेलका क्रममा फ्रिकीक गोलपोष्टको माथिबाट वाहिरियो भने स्टार खेलाडीहरुले सुसज्जीत वार्सिलोनाले कुनै चमात्कार गर्न सकेन।
 
कुनै पनि टीमले च्याम्पियन लीगको अघिल्ला बर्षको सफलतालाई कायम राख्न सकेका थिएनन। यस बर्ष कायम हुने अपेक्षा गरिएपनि त्यो पुरा हुन सकेन। पछिल्ला खेलका ४५२ मिनेटमा मेसीले एक गोल पनि गर्न सकेका छैनन्। त्यो खडेरी एटलेटीकोसँगको खेलमा पनि देखियो। 
 
लालीगामा पहिलो स्थानमा रहेको बार्सिलोना बाहिरिएको छ भने दोस्रो र तेस्रो क्रमश: स्थानमा रहेका एथलेटिको मड्रिड र रियाल मड्रिड सेमीफाईनल प्रवेश गरेका छन्। 
 
बायर्न सेमीफाईनलमा
बायर्न म्युनिखले बेनिफिकालाई हराउँदै आफ्नो सेमीफाईनल यात्रा तय गरेको छ। पहिलो लेगमा १-०को अग्रता लिएको बायर्नले दोस्रो लेगमा २-२ गोलको बराबरी खेल्दै एग्रिगेटमा ३-२ गोलको अग्रता लिंदै सेमीफाईनल यात्रा तय गरेको हो। 
 
क्वार्टरफाईनलको दोस्रो लेगको २७औ मिनेटमा राउल जिमेनेजले गोल गर्दै बेनिफिकालाई अग्रता दिलाएका थिए। भने ३८औ मिनेटमा अरतुरि विदालले बायर्नकालागि गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए। 
 
५२औ मिनेटमा थोमस मुलरले बायर्नकालागि दोस्रो गोल गर्दै २-१को अग्रता दिलाएका थिए। ७६औ मिनेटमा बेनिफिकाका ऐण्डरसन तालिस्काले दोस्रो गोल गर्दै खेल २-२को बराबरीमा पुर्‍याएका थिए। 
 
खेल २-२को बराबरीमा सकिएको भए पनि पहिलो लेगको अग्रताका आधारमा बायर्नले सेमीफाईनलमा स्थान पक्का गरेको हो। 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ