arrow

अमिताभ दादा साहेब फाल्केबाट सम्मानित, भने- अब मेरो समय सकियो कि अझै काम गर्नुपर्छ

logo
प्रकाशित २०७६ पुष १३ आइतबार
amitab.jpeg

काठमाडौं । हिन्दी चलचित्रहरूमा अभिनय गरेर लाखौंको हृदय जितेका बलिउड सुपरस्टार अमिताभ बच्चनलाई भारतीय सिनेमाको सबैभन्दा ठूलो पुरस्कार दादा साहेब फाल्केबाट सम्मानित गरिएको छ । आइतबार अमिताभलाई भारतका राष्ट्रपति राम नाथ कोविन्दले ५० औँ दादा साहेब फाल्के पुरस्कारबाट सम्मान गरेका हुन् । यस विशेष अवसरमा उनीसँगै पत्नी जया बच्चन र छोरा अभिषेक बच्चन पनि थिए।

कार्यक्रममा अमिताभले भने- 'म भारत सरकार, सूचना तथा प्रसारण मन्त्रालय र पुरस्कार छनौटका सदस्यहरूप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु वहाँहरूले मलाई पुरस्कारको योग्य ठान्नुभयो । भगवानको कृपा रहेको छ, आमाबाबुबाट आशिर्वाद छ। सबैभन्दा बढी माया भारतका जनताहरुको रहेको छ यसकारण म यहाँ उभिएको छु। जब यो पुरस्कार घोषणा भयो, मेरो दिमागमा एउटा प्रश्न उठ्यो- अब काम गर्ने समय सकियो कि मैले अझै काम गर्नुपर्छ ।'

२३ डिसेम्बरमा अमिताभ बच्चन ६६ औं राष्ट्रिय फिल्म पुरस्कार कार्यक्रममा उपस्थित हुन सकेका थिएनन्। बिरामी भएको कारण अमिताभ बच्चनलाई डाक्टरले यात्रा नगर्न निर्देशन दिएका थिए। २२ डिसेम्बरको साँझ एक ट्वीट मार्फत अमिताभ बच्चन आफैंले यसको जानकारी शेयर गरेका थिए।

अमिताभले ५० बर्ष भन्दा ज्यादा बलिउडमा बिताएका छन् । यस क्रममा उनलाई चार पटक राष्ट्रिय फिल्म पुरस्कार, १५ फिल्म फेयरलगायत धेरै पुरस्कारहरू पाएका छन्। २०१५ मा उनलाई पद्म विभूषणबाट पनि सम्मानित गरिएको थियो।

 असोजमा केन्द्रीय मन्त्री प्रकाश जावडेकरले अमिताभलाई दिइने पुरस्कार बारेमा जानकारी दिएका थिए । गत वर्ष विनोद खन्नालाई यो पुरस्कारबाट सम्मानित गरिएको थियो। यो पुरस्कार भारत सरकारले भारतीय चलचित्रमा आजीवन योगदान योगदान पुर्‍याउनेलाई दिने गरिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ