arrow

राजेश खन्ना : जसले टिना अम्वानिसँग प्रेम गरे, विवाह गरेनन्

logo
प्रकाशित २०७६ पुष १३ आइतबार
rajesh_and_tina.jpg

एजेन्सी । बलिउडका पुराना सुपरस्टार राजेश खन्नाको आइतबार जन्मदिन हो । राजेश खन्नाको जन्म १९४२ डिसेम्बर २९ मा भारतको अमृतसरमा भएको हो  । डिम्पल कपाडियासँग विवाहपछि पनि राजेश खन्ना टीना मुनीमसँग सम्बन्धमा रहेका थिए । टीना चाहान्थिन् राजेश, डिम्पलसँग सम्बन्ध बिछेद गरेर उनिसँग विवाह गरुन् । टिनाले सोचे जस्तो नभएपछि उनलाई राजेशले झुकाएको ठहर गरिन् । त्यसपछि टीनाले राजेशसँग दूरी बढाउन सुरु गरिन् र उनलाई छोडेर गइन् । भनिन्छ जब टीनाले उनलाई छोड्न लाग्दा राजेश उनको अगाडि नछोड्न बिन्ती गरेका थिए । तर टीनाले उनको कुनै कुरा सुनिन् ।

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार हुन् । उनको पछाडि केटिहरु पागल हुनु कुनै अनौठो थिए । यसैबीच ७० को दशकमा एक अभिनेत्री बलिउडमा आइन् जसको नाम टीना मुनीम थियो। सन् १९७६ मा चलचित्र 'देश परदेश' बाट बलिउडमा पाइला राखेकी  टीनाले राजेश खन्नालाई मन पराइन्। राजेश खन्नाले डिम्पलसँग विवाह पश्चात पनि टीनालाई आफ्नो नजिक आउन दिए ।

टीनालाई पनि राजेश विवाहित भएको थाहा थियो ।  टीना राजेशको स्टारडमबाट प्रभावित थिइन् भने राजेश, टीनाको सुन्दरताबाट मोहित थिए । ८०  को दशकमा दुवैको अफेयरले निकै चर्चा पायो सो समय टीनाले राजेशसँग विवाह गर्न दवाव दिइन् ।  राजेशले उनलाई डिम्पलसँग सम्बन्ध बिचेद गरेर विवाह गर्ने आश्वासन दिएका थिए । तर राजेशले कहिले पनि डिम्पलसँग सम्बन्ध बिचेद बारे कुरा गर्न सकेनन् ।

 दुवै लामो समयसम्म अलग-अलग बसेता पनि राजेश खन्नाको मृत्यु हुदासम्म पनि डिम्पलसँग उनको सम्बन्ध बिचेद भएको थिएन । राजेश र टीनाले चलचित्र 'फिफ्टी-फिफ्टी', 'सुराग', 'सौतन' , 'अलग-अलग', 'आखिर क्यों', 'अधिकार' सहित  कयौ चलचित्रमा साथै काम गरेका छन् ।  टीना-राजेशको सम्बन्ध सन् १९८७ मा ब्रेकअप भयो ।राजेश खन्नाले डिम्पलसँग सन् १९७३ का विवाह गरेका थिए ।

राजेशसँगको ब्रेकपपछि टिना आफ्नो अध्यायन पुरा गर्न क्यालिफोर्निया गइन् । उनले आफ्नो अध्यायन पुरा गरि सन् १९९१ मा भारत फर्किइन् । उनिको विवाह बहु-अरबपति उद्योगपति अनिल अम्वानिसँग भयो । उनका दुई छोरा अनमोल र अनुस रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ